बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्।
प्राप्त सामानहरू स्टिल दराज – १ थान
टेबुल पंखा – १ थान टेबुल – १ थान
सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान
कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय तथा प्रमुख प्रति प्रहरी चौकी खडैचाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
इन्चार्ज प्र. स.नि. कुल बहादुर बिकको सक्रिय पहलले स्थानीय सरकार र सुरक्षा निकायबीचको सहकार्यको राम्रो उदाहरण बनेको छ। यस सहयोगले नागरिकलाई छिटो,चुस्त र प्रभावकारी सेवा दिन थप बल मिल्नेछ।