काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन।
सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको थिएन।
सिंहदरबार प्रवेशमा किन कडाइ गरिएको भन्ने विवरणहरू सार्वजनिक भएको छैन।
प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालसँग देशसञ्चारले यस विषयमा बुझ्न सम्पर्क गरे पनि उनले फोन उठाएनन्।