०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

निजामती कर्मचारी र प्रहरीहरुमाथि सरकार र सांसदबाट निरन्तर मानमर्दन

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, साउन २८, २०८३

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ ।

मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ ।

संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा सत्तारुढ दल रास्वपाका सांसद खगेन्द्र सुनार म्यादी प्रहरी र प्रहरीको पोसाक खरिदमा अनियमितता भएको आरोप लगाउँदै गृहसचिव राजकुमार श्रेष्ठ र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध खनिए । सुनारले प्रहरीमा जुत्ता, मोजा, कपडालगायतका सामग्री खरिदमा अनियमितता भएको आरोप लगाउँदै छानबिनको मागमात्रै गरेनन्, प्रहरी महानिरीक्षक (आईजीपी) कार्कीमाथि समेत प्रश्न उठिसकेको भन्दै पदबाट अलग गरेर छानबिन गर्नुपर्ने बताए ।

‘सामान खरिदमा भ्रष्टाचार गर्ने, जुत्ता खरिदमा भ्रष्टाचार गर्ने, अरु त अरु लठ्ठी (भाटा) खरिदमा भ्रष्टाचार गर्ने । भाटा खरिदमा भ्रष्टाचार हुन्छ भन्ने त्यो भाटाले कसलाई हान्ने हो फेरि ? भ्रष्टाचार गरेर खरिद गरेको भाटाले जनतालाई हान्न पाइँदैन,’ समिति बैठकमा सुनारले भने ।

सुनारले प्रहरीका तल्लो तहका कर्मचारीको हकसमेत भ्रष्टाचारले खोसिएको आरोप लगाउँदै थपे, ‘एउटा गरिबको छोरा सिपाही भएर आएको छ । उसको जुत्ता खाइदिने, कट्टु खाइदिने, मोजा खाइदिने, उसका लुगा–कपडा खाइदिने अवस्था भएको छ ।’

भ्रष्टाचारविरुद्ध लड्न जनताले आफूहरूलाई संसदमा पठाएको भन्दै उनले यस्तो विषयमा मौन बस्न नसक्ने बताए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा समेत प्रश्न उठाए । ‘धामीको मुद्दा धामीले, कामीको मुद्दा कामीले, कार्कीको मुद्दा कार्कीले गर्न पाइँदैन । त्यसैले विशेष खालको समिति बनाएर स्पष्ट ढंगबाट छानबिन गर्नुपर्छ,’ सुनारले भने ।

सुनारले आईजीपी कार्कीमाथि मात्रै होइन, त्यही प्रकरणमा गृहसचिव श्रेष्ठमाथि पनि औँला ठड्याए । बैठकमा आधा घण्टा ढिलो उपस्थित भएको भन्दैसमेत सुनार सचिव श्रेष्ठमाथि खनिए । समिति बैठकमा सचिव श्रेष्ठ र आईजीपी कार्कीले नेपाल प्रहरीको खरिद प्रक्रियामा कुनै पनि किसिमको आर्थिक अनियमितता वा भ्रष्टाचार नभएको प्रष्टीकरण दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुन: बदली आउने चेतावनी दिएको छ । विभागका अनुसार मंगलबारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधवारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो । गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले […]