२९ साउन २०८३, शुक्रबार
14-08-2026 , Fri
×

निजामती कर्मचारी र प्रहरीहरुमाथि सरकार र सांसदबाट निरन्तर मानमर्दन

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, साउन २८, २०८३

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ ।

मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ ।

संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा सत्तारुढ दल रास्वपाका सांसद खगेन्द्र सुनार म्यादी प्रहरी र प्रहरीको पोसाक खरिदमा अनियमितता भएको आरोप लगाउँदै गृहसचिव राजकुमार श्रेष्ठ र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध खनिए । सुनारले प्रहरीमा जुत्ता, मोजा, कपडालगायतका सामग्री खरिदमा अनियमितता भएको आरोप लगाउँदै छानबिनको मागमात्रै गरेनन्, प्रहरी महानिरीक्षक (आईजीपी) कार्कीमाथि समेत प्रश्न उठिसकेको भन्दै पदबाट अलग गरेर छानबिन गर्नुपर्ने बताए ।

‘सामान खरिदमा भ्रष्टाचार गर्ने, जुत्ता खरिदमा भ्रष्टाचार गर्ने, अरु त अरु लठ्ठी (भाटा) खरिदमा भ्रष्टाचार गर्ने । भाटा खरिदमा भ्रष्टाचार हुन्छ भन्ने त्यो भाटाले कसलाई हान्ने हो फेरि ? भ्रष्टाचार गरेर खरिद गरेको भाटाले जनतालाई हान्न पाइँदैन,’ समिति बैठकमा सुनारले भने ।

सुनारले प्रहरीका तल्लो तहका कर्मचारीको हकसमेत भ्रष्टाचारले खोसिएको आरोप लगाउँदै थपे, ‘एउटा गरिबको छोरा सिपाही भएर आएको छ । उसको जुत्ता खाइदिने, कट्टु खाइदिने, मोजा खाइदिने, उसका लुगा–कपडा खाइदिने अवस्था भएको छ ।’

भ्रष्टाचारविरुद्ध लड्न जनताले आफूहरूलाई संसदमा पठाएको भन्दै उनले यस्तो विषयमा मौन बस्न नसक्ने बताए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा समेत प्रश्न उठाए । ‘धामीको मुद्दा धामीले, कामीको मुद्दा कामीले, कार्कीको मुद्दा कार्कीले गर्न पाइँदैन । त्यसैले विशेष खालको समिति बनाएर स्पष्ट ढंगबाट छानबिन गर्नुपर्छ,’ सुनारले भने ।

सुनारले आईजीपी कार्कीमाथि मात्रै होइन, त्यही प्रकरणमा गृहसचिव श्रेष्ठमाथि पनि औँला ठड्याए । बैठकमा आधा घण्टा ढिलो उपस्थित भएको भन्दैसमेत सुनार सचिव श्रेष्ठमाथि खनिए । समिति बैठकमा सचिव श्रेष्ठ र आईजीपी कार्कीले नेपाल प्रहरीको खरिद प्रक्रियामा कुनै पनि किसिमको आर्थिक अनियमितता वा भ्रष्टाचार नभएको प्रष्टीकरण दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हेडक्वार्टर रुपन्देहीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल तथा मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूलाई शङ्कास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा रुपन्देहीको सियारी गाउँपालिका–२ सेमराका २३ वर्षीय अरुण गुप्ता, मायादेवी गाउँपालिका–७ बनगाईका २० वर्षीय रामदिन यादव र सोही ठाउँका २० वर्षीय धीरज राजभर रहेका छन् […]

दाङ । कुनै पनि शहर केवल सडक, भवन र पुलले मात्र समृद्ध बन्दैन। समृद्ध शहर निर्माणका लागि स्पष्ट दीर्घकालीन सोच, उत्पादनमुखी अर्थतन्त्र, प्रभावकारी पूर्वाधार, गुणस्तरीय शिक्षा–स्वास्थ्य, रोजगारीका अवसर, वातावरणीय संरक्षण, पारदर्शी शासन र नागरिकको सक्रिय सहभागिता आवश्यक हुन्छ। यही सोचलाई केन्द्रमा राखेर अगाडि बढिरहेको ‘घोराही बनाऔँ अभियान’ ले समृद्धि, विकास र सुशासनलाई साझा अभियानका रूपमा […]

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]