०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

काठमाडौं प्रहरीले सुन जस्तो देखिने पहेंलो धातुसहित तीन पक्राउ

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०२, २०७६

सागर थापा
काठमाडौं फागुन २ महानगरीय प्रहरी प्रभाग गोंगबुले सुन जस्तो देखिने पहेंलो धातु करिब १ सय ५० ग्रामसहित ३ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट उक्त धातुसहित भक्तपुर मध्यपुर ठिमी नगरपालिका-५ घर भई हाल काठमाडौं गौशाला बस्ने ४० वर्षीय नुच्छेलाल खड्गी लगायत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले बा.१ य १०१२ नम्बरको पर्यटक ट्याक्सी जाँच गर्ने क्रममा ट्याक्सीमा लुकाई छिपाई राखेको उक्त धातु फेला पारी ट्याक्सीमा सवार उनीहरुलाई पक्राउ गरेको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]