०४ भाद्र २०८३, बिहिबार
20-08-2026 , Thu
×

बाँकेमा लागु पदार्थ सेवन गरि गाडी चलाउने ८ जना चालक प्रहरी नियन्त्रणमा,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, भाद्र ०३, २०८३

बाँके । बैजनाथ गाउँपालिका-१, रत्न राजमार्ग, चिसापानी सडक दुर्घटना न्युनिकरण गरी सुरक्षित सडक यात्रा प्रवर्धन गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय कोहलपुर*को संयुक्त आयोजना तथा *लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगंज*को सहकार्यमा रत्न राजमार्गमा विशेष चेकजाँच गरिएको थियो।

उक्त राजमार्गमा सञ्चालन हुने यात्रुबाहक तथा मालवाहक सवारी साधनका *२५ जना चालकहरुको* लागु पदार्थ सेवन सम्बन्धी *ड्रग टेष्ट किट* मार्फत प्राविधिकद्वारा परीक्षण गरिएको थियो।

परीक्षण गर्दा जम्मा ८ जना चालक लागु पदार्थ सेवन गरेको Positive देखिएको थियो।

निज ८ जना चालकहरुलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाहीको लागि *इलाका प्रहरी कार्यालय कोहलपुर, बाँके*को नियन्त्रणमा राखिएको छ।

मादक पदार्थ वा लागु पदार्थ सेवन गरी सवारी चलाउँदा आफ्नो मात्र नभई यात्रु र अन्यको जीवन समेत जोखिममा पर्छ। त्यसैले सुरक्षित यात्राका लागि ट्राफिक नियम पालना गर्न र यस्ता अभियानलाई साथ दिन सबैलाई अनुरोध गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । ललितपुर स्थित प्रहरी वृत्त सातदोबाटोमा कार्यरत डीएसपी वकिल बहादुर सिंह उत्कृष्ट प्रहरी घोषित भएका छन् । सातदोबाटो क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न र अपराध नियन्त्रणमा उत्कृष्ट भूमिका खेलेको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरले उनलाई उत्कृष्ट प्रहरी घोषणा गरेको हो । साउन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै ललितपुरका एसएसपी तुल बहादुर कार्कीले […]

बाँके । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचन नजिकिँदै जाँदा उद्योगी व्यवसायीबीच चुनावी सरगर्मी बढेको छ। यसैबीच व्यवसायीको हकहित, व्यवसाय प्रवर्द्धन र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिक एजेन्डा बनाउँदै सुरजबहादुर भण्डारी सदस्य पदका लागि चुनावी मैदानमा उत्रिएका छन्। भण्डारीले नेपालगन्जको आर्थिक विकासलाई गति दिन उद्योगी–व्यवसायीको समस्या समाधानसँगै नयाँ उद्यमीलाई प्रोत्साहन र लगानीकर्तालाई सहज वातावरण निर्माण गर्न […]

बाँके । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन भदौ ६ गते सदस्य पदका उम्मेदवार सुरज बहादुर भण्डारी होटेल स्वस्तिक स्वतिक कटेजका संचालक सुरज बहादुर भण्डारीलाई मतदान किन? बिगत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय अनुभव मुख्य प्रतिबद्धता व्यवसायी हकहित साना देखि ठूला सबै व्यवसायीको आवाज पारदर्शिता संघको काममा स्पष्टता र जवाफदेहिता समन्वय सरकारी निकाय र व्यवसायीबीच सेतु […]