०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

उपत्यका अपराध अनुशासन काठमाडौं टेकुका इन्स्पेक्टर सुरज खत्री उत्कृष्ट प्रहरी घोषित,

Logo
सागर थापा प्रकाशित बुधबार, भाद्र ०३, २०८३

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत खत्रीलाई साउन महिनाको उत्कृष्ट प्रहरी अवार्ड प्रदान गरिएको हो ।

अपराध अनुसन्धान कार्यालयको ४ नम्बर पिलरमा कार्यरत खत्रीले अपराध अनुसन्धानमा उल्लेख्य काम गरेको भन्दै कार्यालय प्रमुख एसएसपी सन्तोष खड्काले पुरस्कृत गरेका हुन् ।

इन्स्पेक्टरले खत्रीले गुण्डागर्दी, अपहरण, हत्या जस्ता जघन्य अपराधको अनुसन्धान गरेका छन् । अपराध अनुसन्धानमा खत्री अब्बल मानिन्छन् ।

उनैको टिमले केही दिनअघि मात्रै कलंकीबाट युवक अपहरण गरेर नागार्जुन लगी बन्धक बनाएको घटनाको सफल अनुसन्धान गरेको थियो ।

अपराध अनुसन्धान कार्यालयको इतिहासमै पहिलो पटक यही अपहरणको मुद्दा यो कार्यालयले आफैं चलाएको छ । यसअघिसम्म भने अनुसन्धान बाहेक मुद्दा चलाउने अधिकार यो कार्यालयलाई थिएन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुन: बदली आउने चेतावनी दिएको छ । विभागका अनुसार मंगलबारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधवारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो । गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले […]

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]