१० भाद्र २०८३, बुधबार
26-08-2026 , Wed
×

बाढीले बगाएर ल्याएको ग्यास सिलिन्डर समात्न नारायणी किनारमा पौडी खेल्दै स्थानीयहरु

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, भाद्र १०, २०८३

चितवन । नारायणी नदी किनार लगातारको बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डर समात्न स्थानीयहरू नारायणी नदी किनारमा पौडी खेल्दै गरेको दृश्य देखिएको छ।

माथिल्लो क्षेत्रबाट आएको बाढीसँगै बगेर आएका ग्यास सिलिन्डरहरू नदी किनारका विभिन्न ठाउँमा अड्किएका छन्। महँगो ग्यास भएकाले स्थानीयहरू जोखिम मोलेरै भए पनि नदीमा पौडी खेलेर सिलिन्डर समात्ने प्रयास गरिरहेका छन्।

“बजारमा ग्यास पाइँदैन, कालोबजारी छ। बाढीले बगाएर ल्याएको भए नि सिलिन्डर हात पार्नु पर्यो। ज्यानको बाजी थापेरै भए पनि समात्छौ” एक स्थानीयले भने।

यसरी पौडी खेलेर सिलिन्डर समात्ने क्रममा डुबान, करेन्ट लाग्ने र सिलिन्डर पड्किने जोखिम अत्यधिक छ। प्रहरी र स्थानीय प्रशासनले नदी किनारमा नजान र यस्तो काम नगर्न पटक-पटक आग्रह गरिरहेको छ।

जिल्ला प्रशासन कार्यालयले “बाढीको पानी अझै खतरनाक छ। बगेर आएको सामानको लोभमा ज्यान जोखिममा नपार्न” अनुरोध गरेको छ। फेला परेका सिलिन्डरलाई सुरक्षित रूपमा संकलन गरेर सम्बन्धित कम्पनीमार्फत वितरण गर्ने व्यवस्था मिलाइने जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । नारायणी नदी किनार लगातारको बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डर समात्न स्थानीयहरू नारायणी नदी किनारमा पौडी खेल्दै गरेको दृश्य देखिएको छ। माथिल्लो क्षेत्रबाट आएको बाढीसँगै बगेर आएका ग्यास सिलिन्डरहरू नदी किनारका विभिन्न ठाउँमा अड्किएका छन्। महँगो ग्यास भएकाले स्थानीयहरू जोखिम मोलेरै भए पनि नदीमा पौडी खेलेर सिलिन्डर समात्ने प्रयास गरिरहेका छन्। “बजारमा ग्यास पाइँदैन, […]

घोराही । दाङमा पछिल्लो समय कोटाअनुसार मनकामना ग्यासका सिलिन्डर नआएपछि उपभोक्ताले भोग्दै आएको समस्या समाधानका लागि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले मनकामना ग्यासका विक्रेताहरूसँग विशेष छलफल गर्नुभएको छ। दाङमा अन्य ग्यासको तुलनामा मनकामना ग्यासको आपूर्ति कम हुँदै गएपछि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो बढ्दै गएको अवस्थामा […]

काठमाडौं । त्रिशुली बजार, नुवाकोट लगातारको अविरल वर्षाका कारण त्रिशुली बजार जोड्ने मुख्य पुल बाढीले बगाएपछि यहाँको अवस्था भयावह बनेको छ। पुल बग्यो त्रिशुली नदीमा आएको बाढीले बजार र आसपासका गाउँ जोड्ने पक्की/झोलुङ्गे पुल बगाएको छ। आवागमन ठप्प बजार, अस्पताल, बैंक र सरकारी कार्यालय जान आवतजावत पूर्ण रूपमा अवरुद्ध बजार डुबानमा तल्लो क्षेत्रका पसलहरूमा पानी […]