१२ भाद्र २०८३, शुक्रबार
28-08-2026 , Fri
×

यिनीहरू मानव हुन कि दानव? यस्तो बेला पनि लास झिक्न छोडेर सुन झिक्दै,कठै तिम्रो मानवता,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, भाद्र ११, २०८३

चितवन । बाढीले घर बगाएको छ, मान्छे बेपत्ता छन्, बालबच्चा भोकै छन्। र त्यही त्रासदीको बीचमा केही मानिस लासबाट,भग्नावशेषबाट सुन-गहना टिप्दै छन्।

यो पीडा होइन? यो लज्जा होइन?

विपद् भनेको एकताको बेला हो। एकले अर्काको हात समाउने, अन्न बाँड्ने, आँसु पुछ्ने बेला हो।
तर केहीको लागि यो लुट्ने र कमाउने अवसर बनिदियो।

मानवता मरिसकेपछि पुल मात्र होइन, समाज नै बग्छ।

प्रशासनले यस्ता घटनामा कडा कारबाही गरोस्। र हामी सबैले आवाज उठाऔं विपद्मा सहयोग गर, शोषण होइन।

बाढीले घर बगायो, तर केहीको लोभले मानवता बगायो। यस्तो बेला पनि सुन खोज्ने हात..धिक्कार छ। मानवता बचाऔं विपद्मा एकता ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा पुनः बाढीको जोखिम देखिएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी किनारमा रहेका तथा उद्धार र राहतमा खटिएका सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणका अनुसार १० भदौमा ठूलो बाढी आएको भोटेकोशी नदी क्षेत्रमा आज पुनः लेदोसहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको छ। यससँगै थप बाढी […]

चितवन । लगातारको बाढीका कारण नारायणी नदीमा विभिन्न ठाउँबाट बगेर आएका ग्यासका सिलिन्डरहरू नदी किनारमा भेटिने गरेका छन्। जिल्ला प्रशासन कार्यालय चितवनले सबैमा अनुरोध गर्दै । नदीमा पौडी खेलेर सिलिन्डर नसमात्न ज्यानको जोखिम धेरै भएको हुँदा भेटिएका सिलिन्डरहरू आफैँ नलैजानुहोस् भेटिएको सिलिन्डर नजिकको प्रहरी चौकी वा सिधै C.D.O. कार्यालयमा बुझाउन प्रशासनले संकलित सिलिन्डरहरूलाई सम्बन्धित ग्यास […]

चितवन । लास (शव) बाट सुनका गहना चोर्ने व्यक्ति पक्राउ परेका छन् । बुधबार भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको लासबाट सुनका गहना चोर्ने २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका-१ घर भई चितवन बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरी घर भई चितवन बस्दै आएका ३८ वर्षीय उमेश चौधरी छन् । […]