१२ भाद्र २०८३, शुक्रबार
28-08-2026 , Fri
×

रसुवा बाढीपछि भइरहेका गैरकानुनी तथा अमानवीय गतिविधिमाथि प्रहरीले निगरानी बढायो,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, भाद्र ११, २०८३

चितवन । शवबाट सुन लुटिएको तथा बाढीले बगाएका ग्यास सिलिन्डर खोसाखोस गरिएका दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई ‘नोटिस’मा राखेको जनाएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार अहिले प्रहरीको मुख्य प्राथमिकता घाइतेको उद्धार तथा उपचार, मृतकको शव पहिचान र बेपत्ताको खोजीमा केन्द्रित छ। प्राथमिक उद्धारका काम सकिएपछि गैरकानुनी गतिविधिमा संलग्नमाथि कानुनबमोजिम कारबाही गरिने उनले बताए।

‘कुनै पनि अमर्यादित तथा अमानवीय कार्यले छुट पाउने छैन,’ काफ्लेले भने।

बाढीले बगाएको एउटा शवबाट सुन लुटिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। त्यस्तै, चितवनको नारायणी नदीमा बाढी पुगेपछि ग्यास सिलिन्डर खोसाखोस गरेको दृश्यसमेत सार्वजनिक भएको थियो।

यस्ता घटनासँगै विपद्को समयमा भ्रमपूर्ण सूचना फैलाउने, जनजीवनमा त्रास सिर्जना गर्ने र भ्युज बटुल्ने उद्देश्यले विभत्स दृश्य प्रसारण गर्नेहरूमाथि समेत प्रहरीले निगरानी गरिरहेको काफ्लेले बताए।

‘मिसइन्फर्मेसन–डिसइन्फर्मेसनदेखि भाइरल हुन विभत्स दृश्य अपलोड गरिएका सबै कुरा हामीले बुझिरहेका छौँ,’ उनले भने।

सोही विषयमा यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले विपदका बेला स्वार्थपूर्ति गर्न खोज्नेहरुमाथि कारबाही गर्न गृहमन्त्री सुधन गुरुङको ध्यानाकर्षण गराएका थिए।

नेता शाहीले यस्तो अप्ठेरो परेको बेला लाशलाई समेत नाछाड्नेहरुमाथि कडा कारबाही हुनुपर्ने बताएका छन् ।

शवबाट सुन लुछेको घटनापछि रास्वपाका सांसद जगदीश खरेलले पनि नेपाली समाज कहाँ गइरहेको छ भन्दै प्रश्न उठाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा पुनः बाढीको जोखिम देखिएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी किनारमा रहेका तथा उद्धार र राहतमा खटिएका सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणका अनुसार १० भदौमा ठूलो बाढी आएको भोटेकोशी नदी क्षेत्रमा आज पुनः लेदोसहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको छ। यससँगै थप बाढी […]

चितवन । लगातारको बाढीका कारण नारायणी नदीमा विभिन्न ठाउँबाट बगेर आएका ग्यासका सिलिन्डरहरू नदी किनारमा भेटिने गरेका छन्। जिल्ला प्रशासन कार्यालय चितवनले सबैमा अनुरोध गर्दै । नदीमा पौडी खेलेर सिलिन्डर नसमात्न ज्यानको जोखिम धेरै भएको हुँदा भेटिएका सिलिन्डरहरू आफैँ नलैजानुहोस् भेटिएको सिलिन्डर नजिकको प्रहरी चौकी वा सिधै C.D.O. कार्यालयमा बुझाउन प्रशासनले संकलित सिलिन्डरहरूलाई सम्बन्धित ग्यास […]

चितवन । लास (शव) बाट सुनका गहना चोर्ने व्यक्ति पक्राउ परेका छन् । बुधबार भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको लासबाट सुनका गहना चोर्ने २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका-१ घर भई चितवन बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरी घर भई चितवन बस्दै आएका ३८ वर्षीय उमेश चौधरी छन् । […]