चितवन । लगातारको बाढीका कारण नारायणी नदीमा विभिन्न ठाउँबाट बगेर आएका ग्यासका सिलिन्डरहरू नदी किनारमा भेटिने गरेका छन्।
जिल्ला प्रशासन कार्यालय चितवनले सबैमा अनुरोध गर्दै । नदीमा पौडी खेलेर सिलिन्डर नसमात्न ज्यानको जोखिम धेरै भएको हुँदा
भेटिएका सिलिन्डरहरू आफैँ नलैजानुहोस्
भेटिएको सिलिन्डर नजिकको प्रहरी चौकी वा सिधै C.D.O. कार्यालयमा बुझाउन
प्रशासनले संकलित सिलिन्डरहरूलाई सम्बन्धित ग्यास कम्पनीमार्फत सुरक्षित रूपमा व्यवस्थापन गर्ने जनाएको छ।