०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

नवलपुरमा जमिनभित्र यसरी गरिँदैछ शवको संरक्षण जानकारी दिदै एसएसपी श्यामकृष्ण अधिकारी

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, भाद्र १४, २०८३

नवलपरासी । नवलपुर बाढीपछि नारायणीमा भेटिएका दर्जनौं शवको पहिचान गर्न र व्यवस्थापन गर्न चुनौती भएपछि जिल्ला प्रहरीले जमिनमुनि अस्थायी रूपमा शव संरक्षण* गर्न थालेको छ।

जिल्लामा कोल्ड स्टोरेज र अस्पतालको क्षमताले नधान्ने भएपछि शवहरुलाई वैज्ञानिक तरिकाले जमिनमा संरक्षण गर्ने विधि अपनाइएको हो।

कसरी गरिँदैछ संरक्षण?
शवलाई प्लास्टिक र सेतो कपडाले बेरेर, पहिचानको लागि ट्याग नम्बर लगाएर, ६ फिट गहिरो खाल्डोमा चुन र नुन प्रयोग गरेर राखिएको छ। जसले गर्दा शव केही दिनसम्म नकुहिने र पहिचान गर्न सजिलो हुने प्रहरीको भनाइ छ।

यस विषयमा नवलपुरका एसएसपी श्यामकृष्ण अधिकारीको भनाइ हामीसँग अहिले धेरै शवहरू छन्, सबैको एकैपटक पोस्टमार्टम र पहिचान सम्भव छैन। शवलाई सम्मानपूर्वक राख्न र पछि परिवारले चिन्न सकोस् भनेर हामीले अस्थायी संरक्षणको यो विधि अपनाएका हौँ। प्रत्येक शवको फोटो, हुलिया, कपडा र ट्याग नम्बर सुरक्षित राखेका छौं। आफन्तले सम्पर्क गरेपछि हामी तुरुन्त देखाउन सक्छौं। यो बेवारिसे गाड्ने होइन, संरक्षण गरेर राख्ने प्रक्रिया हो।”

प्रहरीले सबै शवको विवरण सहितको सूची सार्वजनिक गर्ने र आफन्तको DNA परीक्षणपछि मात्र अन्तिम संस्कार गरिने जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुन: बदली आउने चेतावनी दिएको छ । विभागका अनुसार मंगलबारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधवारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो । गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले […]

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]