१६ भाद्र २०८३, मंगलबार
01-09-2026 , Tue
×

नवलपुरमा जमिनभित्र यसरी गरिँदैछ शवको संरक्षण जानकारी दिदै एसएसपी श्यामकृष्ण अधिकारी

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, भाद्र १४, २०८३

नवलपरासी । नवलपुर बाढीपछि नारायणीमा भेटिएका दर्जनौं शवको पहिचान गर्न र व्यवस्थापन गर्न चुनौती भएपछि जिल्ला प्रहरीले जमिनमुनि अस्थायी रूपमा शव संरक्षण* गर्न थालेको छ।

जिल्लामा कोल्ड स्टोरेज र अस्पतालको क्षमताले नधान्ने भएपछि शवहरुलाई वैज्ञानिक तरिकाले जमिनमा संरक्षण गर्ने विधि अपनाइएको हो।

कसरी गरिँदैछ संरक्षण?
शवलाई प्लास्टिक र सेतो कपडाले बेरेर, पहिचानको लागि ट्याग नम्बर लगाएर, ६ फिट गहिरो खाल्डोमा चुन र नुन प्रयोग गरेर राखिएको छ। जसले गर्दा शव केही दिनसम्म नकुहिने र पहिचान गर्न सजिलो हुने प्रहरीको भनाइ छ।

यस विषयमा नवलपुरका एसएसपी श्यामकृष्ण अधिकारीको भनाइ हामीसँग अहिले धेरै शवहरू छन्, सबैको एकैपटक पोस्टमार्टम र पहिचान सम्भव छैन। शवलाई सम्मानपूर्वक राख्न र पछि परिवारले चिन्न सकोस् भनेर हामीले अस्थायी संरक्षणको यो विधि अपनाएका हौँ। प्रत्येक शवको फोटो, हुलिया, कपडा र ट्याग नम्बर सुरक्षित राखेका छौं। आफन्तले सम्पर्क गरेपछि हामी तुरुन्त देखाउन सक्छौं। यो बेवारिसे गाड्ने होइन, संरक्षण गरेर राख्ने प्रक्रिया हो।”

प्रहरीले सबै शवको विवरण सहितको सूची सार्वजनिक गर्ने र आफन्तको DNA परीक्षणपछि मात्र अन्तिम संस्कार गरिने जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कंचनपुर । ​नेपाल प्रहरीले कञ्चनपुरबाट कर्नाटक प्रहरीका असई सतिश एमआर र जवान अल्फाब आरएसलाई नियन्त्रणमा लिएको छ । नेपाली सुरक्षा निकायसँग आवश्यक समन्वय र अनुमति नलिई नेपाली भूमिमा प्रवेश गरी एक नेपाली नागरिकलाई पक्राउ गर्न खोजेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको हो । घटनाबारे जिल्ला प्रहरी कार्यालय कंचनपुर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ९ देउखुरीस्थित देवीकोटमा रहेको भद्राक्षीदेवी मन्दिर एक शक्तिपिठ हुन । देवीकोट अन्य ठाउँ भन्दा निकै विकट क्षेत्रमा पर्छ । सामान्य सडक र विद्युत् पुगे पनि राम्रोसंग सञ्चार सेवा पुग्न सकेको छैन । जसका कारण त्यो क्षेत्र अझै पनि ओझेलमा छ । पूर्व–पश्चिम राजमार्गदेखि करीब आठ किलोमिटर पूर्वतिरको उकालो यात्रापछि […]

नुवाकोट । अविरल वर्षापछि त्रिशुली र तादी नदीको बाढीले डुबानमा परेको ऐतिहासिक देविघाट क्षेत्रको प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले स्थलगत अवलोकन गर्नुभएको छ। बाढीले देविघाट बजार क्षेत्रका दर्जनौँ घर, पसल र मन्दिर परिसर जलमग्न भएका छन्। निरन्तरको वर्षाले त्रिशुली नदीको जलसतह बढ्दा तल्लो बजार क्षेत्र डुबानमा परेको हो। अवलोकनका क्रममा आइजीपी पौडेलले: स्थानीय बासिन्दा […]