२१ भाद्र २०८३, आइतबार
06-09-2026 , Sun
×

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा २०९ अन्तर्राष्ट्रिय उडानहरु प्रभावित,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, भाद्र २१, २०८३

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा
२०९ अन्तर्राष्ट्रिय उडानहरु प्रभावित,

एजेन्सी । इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोटबाट निस्किएको खरानीका कारण जकार्टाको सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ।

उडान स्थगित हुँदा अन्तर्राष्ट्रियसहित २०९ उडान प्रभावित भएको इन्डोनेसियाको यातायात मन्त्रालयले जनाएको छ।

शुक्रबार रातिदेखि ज्वालामुखी विस्फोट हुन थालेको र त्यसबाट निस्किएको खरानी सुमात्राको लाम्पुङ तथा जाभाको बान्टेन प्रान्तसम्म फैलिएपछि जनजीवन प्रभावित भएको छ।

खरानीका कारण केही विद्यालय बन्द गरिएका छन् भने माछा मार्ने गतिविधि पनि रोकिएको छ। विपद् न्यूनीकरण निकायले भने तत्काल सुनामीको जोखिम नरहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा २०९ अन्तर्राष्ट्रिय उडानहरु प्रभावित, एजेन्सी । इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोटबाट निस्किएको खरानीका कारण जकार्टाको सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ। उडान स्थगित हुँदा अन्तर्राष्ट्रियसहित २०९ उडान प्रभावित भएको इन्डोनेसियाको यातायात मन्त्रालयले जनाएको छ। शुक्रबार रातिदेखि ज्वालामुखी विस्फोट हुन थालेको र त्यसबाट निस्किएको खरानी सुमात्राको लाम्पुङ तथा जाभाको बान्टेन प्रान्तसम्म […]

काठमाडौँ । पहिरोले पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ, खाद्यान्न, तरकारी, औषधिलगायत अत्यावश्यक उपभोग्य वस्तु आपूर्ति भइरहेको छ । पेट्रोलियम पदार्थर् त्रिभुवन राजपथबाट ल्याउने व्यवस्था गरिएको छ । एलपी ग्यास हेटौंडा–बारा–चितवन हुँदै सोही बाटोबाट नै काठमाडौं भित्र्याइएको छ । तोकिएको वैकल्पिक बाटोअन्तर्गत ठूला यात्रुवाहक तथा मालवाहक सवारीसाधनले काठमाडौं आउँदा […]

काठमाडौं । शनिबार नुवाकोटको विदुर नगरपालिका-१०, वेत्रावतीस्थित घरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको हो। उद्धारपछि हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैबल ब्यारेकमा प्रारम्भिक उपचार गरेर काठमाडौँको ल्याइएको छ। ६४ वर्षीया चन्डिका श्रेष्ठको खुट्टामा घाउ देखिएको र त्यसको शल्यक्रिया गर्नुपर्ने भनेपछि त्यसबारे छलफल भइरहेको उनका छोरा आशिष श्रेष्ठले बताए। ‘आमाको खुट्टामा चोट रहेछ। […]