०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

बलात्कारको आरोप लागेका एसएसपी राणा रिहा

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०२, २०७६

जवरजस्ती करणीको आरोप लागेका नेपाल प्रहरीका एसएसपी सौरभ राणा रिहा भएका छन् । उनलाई जिल्ला सरकारी वकील कार्यालय सुनसरीले हाजिरी जमानीमा शुक्रबार साँझ रिहा गरेको हो ।
राणाको बिरुद्धको जाहेरी र मिसिल संलग्न प्रमाणहरुले उनिमाथि मुद्धा चलाउनु पर्ने अवस्था नरहेको आदेश जारी गरेको छ । सरकारी वकील कार्यालय सुनसरीका मुख्य न्याधिवक्ता गोकुल बहादुर निरौलाले राणा हाजिरी जमानीमा छाडेको बताए ।
हाजिरी जमानीमा छुटेका राणाले अब प्रहरीकोमा तारिख धाउनुपर्नेछ ।
राणालाई झापाकी एक महिलाले गत साउन २५ गते इटहरीको एक होटलमा जवजस्ती करणी गरेको प्रहरीमा जाहेरी दिएकी थिइन ।
राणा संघीय प्रहरी इकाई कार्यालय धरानका निलम्बित वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भारतबाट अवैध रूपमा ल्याइएको २ लाख १० हजार १ सय ३६ रुपैयाँ बराबरको पटाकासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुरका २५ वर्षीय अनुभव अग्रवाल रहेका छन्। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं-भरतपुरमा चहलपहल बढ्यो* विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं र भरतपुरमा चहलपहल बाक्लिएको छ। मान्यजनको हातबाट टीका, जमरा ग्रहण गरी आफन्तकहाँ पुग्ने सर्वसाधारणको लर्को लागेको छ।

  बाँके – बाँकेको बैजनाथमा एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैजनाथ क्षेत्रमा एक व्यक्तिलाई एयर पेस्तोल देखाएर धम्की दिएको आरोपमा ती युवकलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका युवकबाट एयर पेस्तोल बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।