कैलाली । कञ्चनपुरको दोधारा चाँदनीस्थित महाकाली नदीको किनारमा टिकटक बनाउने क्रममा अचानक चिप्लिँदा १५ वर्षीया सृष्टि सुनार नदीमा खसेर बेपत्ता भएकी छन्।
घटनापछि उनको खोजी तथा उद्धारका लागि सम्बन्धित सुरक्षा निकायबाट प्रयास भइरहेको छ।
विशेष अनुरोध: नदी, भिर, खोँच वा अन्य जोखिमपूर्ण स्थानमा टिकटक तथा फोटो–भिडियो बनाउँदा एकछिनको लापरबाहीले ठूलो दुर्घटना निम्त्याउन सक्छ। भाइरल हुनुभन्दा जीवन महत्वपूर्ण छ। कृपया सुरक्षित रहौं।