०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल मोबाइल डिलर एसोसिएसन राप्ती शाखाको १ लाख १२ हजार बढी सहयोग,

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, भाद्र २३, २०८३

दाङ । नेपाल मोबाइल डिलर एसोसिएसन (एनएमडीए) राप्ती शाखाले प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ।
विपद्को यस कठिन घडीमा पीडित नागरिकहरूको राहत, उद्धार तथा पुनःमोबाइलस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले एनएमडीए राप्ती शाखाले रु. १ लाख १२ हजार ७ सय १० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
एनएमडीए राप्ती शाखाका अध्यक्ष राजभक्त रानाका अनुसार विपद्का कारण समस्यामा परेका नागरिकहरूको पीडा कम गर्न तथा राहत र उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले संस्थाका सदस्यहरूको सहभागितामा उक्त रकम संकलन गरी कोषमा प्रदान गरिएको हो।
अध्यक्ष रानाले विपद्को समयमा सरकारको प्रयाससँगै निजी क्षेत्र, व्यवसायी, सामाजिक संघसंस्था तथा आमनागरिकले पनि आफ्नो क्षमता अनुसार सहयोग गर्नुपर्ने बताउनुभयो। उहाँले सानो–सानो सहयोगको सामूहिक प्रयासले विपद् पीडितहरूका लागि ठूलो राहत बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो।
“विपद्को यस कठिन घडीमा पीडितहरूको राहत तथा उद्धारका लागि हाम्रो सानो प्रयास हो,” अध्यक्ष रानाले भन्नुभयो, “मानवीय सेवाभावका साथ गरिएको सहयोगले पीडित नागरिकहरूको पुनःस्थापनामा केही भए पनि सहयोग पुग्ने विश्वास गरेका छौँ।”
नेपाल मोबाइल डिस्ट्रिब्युटर्स एसोसिएसन राप्ती शाखाले व्यवसायिक हितका अतिरिक्त सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै आएको जनाएको छ। आगामी दिनमा पनि सामाजिक सेवा तथा मानवीय सहयोगका कार्यमा सक्रिय रहने प्रतिबद्धता शाखाले जनाएको छ।

नेपाल मोबाईल डिलर एसोसिएसन (एनएमडीए) राप्ती शाखाको पदाधिकारीहरु :
राज भक्त राना – अध्यक्ष
शंकर अधिकारी – वरिष्ठ उपाध्यक्ष
गणेश रेग्मी– सचिव
युवराज गौतम– कोषाध्यक्ष
नविन कुमार पाण्डेय– सदस्य हरू
शिवराज जीसी
अरुण श्रेष्ठ
रमेश दसौदी
अब्दुल रहमान मुसलवान
प्रविन थापा
शैलेन्द्र ओली
रेशम बहादुर के.सी.
रामचन्द्र थापा क्षेत्री
NMDA राप्ती शाखा परिवारले विपद् प्रभावित सम्पूर्ण नागरिकहरूको शीघ्र राहत, उद्धार र पुनःस्थापनाको कामना गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुन: बदली आउने चेतावनी दिएको छ । विभागका अनुसार मंगलबारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधवारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो । गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले […]