२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

नेपाल प्रेस युनियन बाँकेको अध्यक्षमा वली र सचिवमा मल्ल विजयी

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०२, २०७६

(महेन्द्र सिंह)
बाँके फागुन २ गते नेपाल प्रेस युनियन बाँकेको अध्यक्षमा अर्जुन वली विजयी हुनुभएको छ । शुक्रबार राती भएको मतदानमा वलीले चेतकान्त भट्टराई र नवीन गिरीलाई पछि पार्नुभएको हो ।
केन्द्रिय प्रतिनिधि माधव धितालका अनुसार वलीले ७७ मत प्राप्त गर्दै अध्यक्षमा विजयी हुनुभयो भने भट्टराई ४० मत र गिरीले ३८ मत प्राप्त गर्नुभयो । त्यस्तै सचिवमा विजय मल्ल विजयी हुनुभएको छ । मल्लले ८४ मत प्राप्त गर्नुभयो भने प्रियास्मृति ढकालले ६४ मत प्राप्त गर्नुभयो ।
प्रेस युनियन बाँकेमा उपाध्यक्षद्वय समीरमान श्रेष्ठ र विनय त्रिपाठी, सहसचिवमा लक्ष्मी चौधरी, कोषाध्यक्षमा मधु पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ । सदस्यहरुमा रविन्द्र घिमेरे, रामबहादुर रावत, कमल केसी, संगिता पाठक, लक्ष्मी गौडेल, दीपक कुमार राई, गणेश बहादुर राई, नरेन्द्र सिंह र नन्दलाल साहु निर्विरोध निर्वाचित हुनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । विश्वभर ‘महिलाको तुलनामा पुरूषले बढी रक्सी खान्छ र महिला भन्दा धेरै पुरूषले रक्सी खान्छ’ भन्ने सोचाइ अब गलत साबित हुन थालेको छ । सन् १९९१देखि २०००बीच जन्मेकी महिला उत्तिकै रक्सी खान्छिन जति उनका पुरूष साथीले खान्छन् । रक्सी खाने दौडमा पनि महिलाले पुरूषलाई पछि पारिरहेको पाइएको छ । रक्सीको खराब असर महिलामा देखिन […]

हेटौँडा । सडक डिभिजनले ५ मङ्सिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएसंगै सोको म्याद सकिए पछि बिहानैबाट घर संरचना भत्काउन थालिएको हो । सुरक्षाकर्मीहरू बाक्लो रूपमा परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौँडाले शनिवार बिहानबाट रेखाङ्कनभित्र परेका संरचना भत्काउन थालेको हो । २०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास […]

हेटौंडा । मकवानपुर बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो । हेटौंडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य जारी छ । सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका छ । ३/४ ठाउँबाट एकैपटक विस्तार कार्य सुरू गरिएको डिभिजनले जनाएको छ […]

error: Content is protected !!