पोखरा । जिउँदो कुकुरलाई सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले संलग्न महिलाको खोजी सुरु गरेको छ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा एक महिलाले बोरामा बाँधिएको कुकुरलाई सेती नदीमा फालेको देखिन्छ। भिडियो सार्वजनिक भएपछि पशु अधिकारकर्मी र सर्वसाधारणले घटनाको कडा विरोध गरेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाबारे अनुसन्धान सुरु गरिएको र भिडियोमा देखिएकी महिलाको पहिचान गरी खोजी कार्य भइरहेको जनाएको छ।
प्रहरीले पशु प्रति क्रुर व्यवहार गर्नु कानुन बमोजिम दण्डनीय हुने बताएको छ।