२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

काठमाडौं माइतीघरमा टेन्ट लगाएर बसेकालाई प्रहरीले हटायो,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, भाद्र ३१, २०८३

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ।

आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो।

प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो।

लामो समयदेखि टेन्ट राख्दा सर्वसाधारणलाई आवतजावतमा समस्या भएको र माइतीघरको सौन्दर्यमा समेत असर परेको भन्दै हटाइएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]