०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
×

स्थानीय स्वाद र रोजगारीको आधार बन्दै नेपालगञ्जमा नयाँ रेष्टुरेन्ट सञ्चालन,

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, आश्विन ०१, २०८३

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदौमा स्थानीय परिकारलाई प्राथमिकता दिने उद्देश्यसहित नोभा पोर्ट्रेट क्याफे तथा रेष्टुरेन्ट सञ्चालनमा आएको छ । बिहीबार आयोजित विशेष समारोहबीच रेष्टुरेन्टको औपचारिक शुभारम्भ गरिएको हो ।

रेष्टुरेन्टको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादव र नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले संयुक्तरूपमा गर्नुभयो ।

उद्घाटन समारोहमा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख विष्टले नेपालमा प्रशस्त सम्भावना हुँदाहुँदै पनि त्यसको पर्याप्त उपयोग हुन नसकेको बताउनुभयो । आफ्नै देशमा होटल, रेष्टुरेन्ट तथा क्याफे सञ्चालन गरी रोजगारी र व्यवसायको अवसर सिर्जना गर्नु सकारात्मक कदम भएको उहाँको भनाइ थियो । स्थानीय स्रोत, साधन र सम्भावनाको उपयोग गर्दै नयाँ व्यवसाय सञ्चालन हुनु आर्थिक गतिविधि विस्तारका लागि महत्वपूर्ण हुने उहाँले उल्लेख गर्नुभयो ।
गुलरिया नगरपालिकाका प्रमुख यादवले नेपालगञ्जमा बढ्दो व्यावसायिक प्रतिस्पर्धाबीच नयाँ रेष्टुरेन्ट सञ्चालन गर्नु चुनौतीपूर्ण भए पनि स्थानीय परिकार र मौलिक स्वादलाई प्राथमिकता दिएर आफ्नो छुट्टै पहिचान बनाउन सकिने बताउनुभयो । ग्राहकको रुचि र स्थानीय स्वादलाई केन्द्रमा राखेर गुणस्तरीय सेवा दिन उहाँले सञ्चालकलाई सुझाव दिनुभयो ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले स्थानीय उत्पादन र परिकारलाई व्यावसायिकरूपमा प्रवर्द्धन गर्न सके त्यसले किसान, उद्यमी र उपभोक्ता सबैलाई लाभ पुग्ने बताउनुभयो । उहाँले नयाँ व्यवसायले स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्नुका साथै आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
रेष्टुरेन्टका सञ्चालक अभिषेक थारूको अध्यक्षतामा भएको कार्यक्रममा मधुवन नगरपालिकाका संस्थापक प्रमुख कृष्णा केसी, बर्दियाका व्यवसायी अमर भण्डारी, नेपालगञ्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य बसन्त कनोजिया, लियाना तालिम केन्द्रका अध्यक्ष भोदुराम थारूलगायतको उपस्थिति थियो ।
सञ्चालक थारूले रेष्टुरेन्टमा स्थानीय परिकारलाई विशेष प्राथमिकता दिइने बताउनुभयो । स्थानीय स्वाद, गुणस्तरीय खाना र सहज वातावरणमार्फत ग्राहकलाई सेवा दिने उद्देश्य रहेको उहाँको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इरानले होर्मुज जलमार्ग हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको तेलवाहक जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ । इरानी अधिकारीहरूका अनुसार जहाजले अनुमति बिना जलघाँटी पार गर्न खोजेपछि कारबाही गरिएको हो । यद्यपि, उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । इरानले अनुमति बिना जलमार्ग पार गर्ने अन्य जहाजमाथि पनि कारबाही गर्ने चेतावनी […]

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा कवाज प्रदर्शन गर्दै सशस्त्र प्रहरी बल नेपालले । आज असोज ३ गते टुँडिखेलमा आयोजित विशेष समारोहमा सशस्त्र प्रहरीले कवाज प्रदर्शन गरेको हो।

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा कवाज प्रदर्शन गर्दै नेपाल प्रहरी ।आज असोज ३ गते टुँडिखेलमा आयोजित विशेष समारोहमा नेपाल प्रहरीले कवाज प्रदर्शन गरेको हो।