बझाङ । केही दिनअघि सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा सेती नदीमा फालिएको कुकुर जीवितै फेला परेको छ।
स्थानीय युवाहरूको समूहले नदी किनारमा अड्किएको अवस्थामा कुकुरलाई जीवितै उद्धार गरेको हो। फालिएको भए पनि कुकुर बाँच्न सफल भएको हो।
हाल कुकुरको स्थानीय पशु सेवा केन्द्रमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ।
यस अघि जिउँदो कुकुरलाई नदीमा फालेको भिडियो सार्वजनिक भएपछि प्रहरीले संलग्नको खोजी गरिरहेको थियो।