२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

पर्वतमा महोत्सव हेर्न गएका बालकलाई नदीले बगाएपछि…

Logo
प्रकाशित शनिबार, फाल्गुण ०३, २०७६

पर्वत फागुन ३ जलजला गाउँपालिका वडा नं. ३ वारी बेनीस्थित कालीगण्डकी किनारमा आयोजित महोत्सव अवलोकनका लागि गएका एक बालकलाई शनिबार दिउँसो कालीगण्डकी नदिले बगाएको छ ।
पर्वतमा सञ्चालित सामुदायिक रेडियो दिदीबहिनीले आयोजना गरेको महोत्सव हेर्ने गएका म्याग्दीको धौलागिरि गाउँपालिका वडा नं. १ गुर्जाका अन्दाजी ९ वर्षका शिशिर छन्त्याललाई कालीगण्डकी नदीले बगाएको हो ।
नदिले बगाएर झण्डै १ सय मिटर तल पुर्याएका बालकलाई तत्काल सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको थियो । बालकको हात खुट्टामा चोटपटक लागेको प्रहरीले जनाएको छ । उनको म्याग्दी स्थित बेनी अस्पतालमा उपचार भइरहेको छ । महोत्सव स्थलकै डिलतिर खेलिरहेका बालक एक्कासी नदिमा खसेपछि बगाएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक विकास थापाका अनुसार सुरक्षाकर्मीले बगाएको पाँच-सात मिनेटमै उद्धार गरेका कारण बालकको ज्यान बचाउन सफल भएको हो ।
नदि किनारमै गरिएको उक्त महोत्सव सुरक्षाका दृष्टिकोणले संवेदनशील रहेको छ । पटक-पटक जिल्ला सुरक्षा समितिको बैठकले उक्त स्थानमा महोत्सव गर्न अस्वीकृत गरे पनि पूर्व सांसदसमेत रहेकी रेडियोकी अध्यक्ष चापागाईँले अटेर गरेरै महोत्सव आयोजना गरेकी हुन् ।
सुरक्षा समितिको बैठकले उक्त ठाउँको विकल्प खोज्न आग्रह गरेको थियो । नदि किनारमै संचालन गरिएको र अझै दर्शकहरूका लागि डुंगा शयरकोसमेत आकर्षण रहेकाले अझै दुर्घटना बढ्न सक्ने देखिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मेलमा आएको धम्कीपूर्ण पत्रले अहिले प्रहरीले सतर्कता बढाएको छ। केही दिन अघि अख्तियार प्रमुखलाई १० दिनभित्र राजीनामा नदिए ज्यान मार्ने धम्की मेलबाट आएको थियो। त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान थालेको थियो। प्रहरीका अनुसार राईसँगै अन्य व्यक्तिहरुलाई पनि धम्की दिइएको छ। हाल अख्तियार प्रमुख प्रेम राईदेखि पूर्व गृहमन्त्री रमेश […]

काठमाडौं । विश्वभर ‘महिलाको तुलनामा पुरूषले बढी रक्सी खान्छ र महिला भन्दा धेरै पुरूषले रक्सी खान्छ’ भन्ने सोचाइ अब गलत साबित हुन थालेको छ । सन् १९९१देखि २०००बीच जन्मेकी महिला उत्तिकै रक्सी खान्छिन जति उनका पुरूष साथीले खान्छन् । रक्सी खाने दौडमा पनि महिलाले पुरूषलाई पछि पारिरहेको पाइएको छ । रक्सीको खराब असर महिलामा देखिन […]

हेटौँडा । सडक डिभिजनले ५ मङ्सिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएसंगै सोको म्याद सकिए पछि बिहानैबाट घर संरचना भत्काउन थालिएको हो । सुरक्षाकर्मीहरू बाक्लो रूपमा परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौँडाले शनिवार बिहानबाट रेखाङ्कनभित्र परेका संरचना भत्काउन थालेको हो । २०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास […]

error: Content is protected !!