१८ आश्विन २०८३, आइतबार
04-10-2026 , Sun
×

अर्घाखाँची र दाङको सिमाना रनसिङ खोलामा पक्की पुल निर्माण सम्पन्न,स्थानीयबासीहरु खुसी,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित आइतबार, आश्विन १८, २०८३

 

दाङ । अर्घाखाँची र दाङको सिमाना रनसिङ खोलामा नयाँ पक्की पुलको निर्माण सम्पन्न भएको छ।

दाङको गढवा गाउँपालिका-१ रनसिङ र शितगंगा नगरपालिका-११ भक्कुचोक जोड्ने उक्त पुलको असोज ११ गते लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री चेतनारायण आचार्यद्वारा शिलान्यास गर्नुभएको थियो।

पुल निर्माण सम्पन्न भएलगत्तै दैनिक रूपमा सवारीसाधन, यात्रु, विद्यार्थी र स्थानीयलाई आवतजावतमा सहज भएको छ । वर्षौंदेखि खोलामा पुल नहुँदा सास्ती भोग्दै आएका स्थानीय बासिन्दा पुल बनेपछि खुसी भएका छन्।

यस पुलले शितगंगा नगरपालिका भित्रका गाउँबस्ती ठाडा, खोला, पाँकुरी लगायतका क्षेत्रलाई प्रत्यक्ष लाभ पुगेको छ । नयाँ पक्की पुलको कुल लागत १० करोडमा सम्पन्न भएको शितगंगा नगरपालिकाको कार्यालय अर्घाखाँची वडा नम्बर ९ का वडाध्यक्ष भिम बहादुर केसीले जानकारी दिएका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]

रसुवा बाढीले क्षतिग्रस्त गल्छी-बेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खोलिँदै धादिङ । रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी-बेत्रावती सडकखण्डमा डोजरको सहयोगमा अस्थायी ट्र्याक खोल्ने काम भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

घोराहीका १९ वटै वडामा हुने बृहत् स्वास्थ्य परीक्षण अभियान सिमलताराबाट सुरु नागरिक स्वस्थ भए मात्रै नगर बनाउन सकिन्छ : प्रमुख जिल्ला अधिकारी पाण्डे दाङ, घोराही । घोराही उपमहानगरपालिकाका १९ वटै वडामा सञ्चालन गर्न लागिएको विशेषज्ञ चिकित्सकसहितको बृहत् स्वास्थ्य परीक्षण अभियान घोराही–१ सिमलताराबाट सुरु भएको छ। घोराही बनाऔँ अभियानको आयोजना तथा सञ्जीवनी टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा […]