नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका-१ सौरीस्थित पूर्व-पश्चिम राजमार्गमा विपरीत दिशाबाट आएका दुईवटा विद्युतीय (EV) गाडीहरू आपसमा ठोक्किँदा दुर्घटना भएको छ।
दुर्घटनामा ४ जना घाइते हुनुभएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
प्रहरीका अनुसार दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि नजिकको अस्पतालमा लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।