११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
×

ईप्रका भालुवाङ दाङ प्रहरीद्वारा अवैध रूपमा सालको चिरान काठसहित ५ वटा मोटरसाइकल बरामद,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक ११, २०८३

दाङ । राप्ती गाउँपालिका–४ सुन्दरपुरबाट प्रहरीले अवैध रूपमा ओसारपसार भइरहेको सालको चिरान काठ सहित पाँचवटा मोटरसाइकल बरामद गरेको छ ।

काठ चोरी तस्करी भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो १:३० बजेको समयमा उक्त काठ र मोटरसाइकल बरामद गरेको हो । प्रहरीका अनुसार देविकोट तर्फबाट सुन्दरपुर आउँदै गरेका पाँच वटा मोटरसाइकलमा साल जातको चिरान काठ लोड गरिएको अवस्थामा फेला परेको थियो । प्रहरी टोलीलाई देखेपछि मोटरसाइकल चालकहरू काठ र मोटरसाइकल छाडेर फरार भएका थिए ।

प्रहरीले बरामद गरेका मोटरसाइकलमा भे ६ प ९९२०, रा ७ प १८९७, रा ७ प ४०९५, रा ४ प २७४३ र लु ५२ प ४९९३ नम्बरका मोटरसाइकल रहेका छन् । त्यसैगरी, घटनास्थलबाट साल जातको चिरान काठ १६ पिस तथा करिब ३४.९८ क्युफिट काठ बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद काठ र मोटरसाइकलको अनुमानित कुल मूल्य १७ लाख ९० हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

बरामद गरिएका काठ तथा मोटरसाइकल आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय दाङ (देउखुरी), लमहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।वन पैदावारको अवैध चोरी निकासी तथा ओसारपसार नियन्त्रणका लागि प्रहरीले निगरानी बढाएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही नगरपालिका-६, कुलमोहरमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सवारीसाधनको मेकानिकल अवस्था चेकजाँच तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। वडा प्रहरी कार्यालय लमही र अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीको संयुक्त आयोजनामा भएको कार्यक्रममा *८५ वटा सवारीसाधनको* ब्रेक, लाइट, टायर, इन्जिन लगायतको प्राविधिक अवस्था परीक्षण गरिएको थियो। कार्यक्रममा सवारी चालक, मेकानिक र स्थानीय बासिन्दासहित *करिब […]

दाङ । राप्ती गाउँपालिका–४ सुन्दरपुरबाट प्रहरीले अवैध रूपमा ओसारपसार भइरहेको सालको चिरान काठ सहित पाँचवटा मोटरसाइकल बरामद गरेको छ । काठ चोरी तस्करी भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो १:३० बजेको समयमा उक्त काठ र मोटरसाइकल बरामद गरेको हो । प्रहरीका अनुसार देविकोट तर्फबाट सुन्दरपुर आउँदै गरेका पाँच वटा […]

पर्साबाट पक्राउ परेका चोरीका आरोपी रुकुम जिल्ला प्रहरीमा ल्याइयो, रुकुम पश्चिम । कात्तिक ४ गते दिउँसो ३ बजेतिर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-१० का घमण्डबहादुर बुढाको घरको कोठाबाट ५ लाख १५ हजार रुपैयाँ नगद र ८ आनाको सुनको तिलहरी चोरी भएको घटनाका आरोपीलाई पर्साबाट पक्राउ गरी रुकुम ल्याइएको छ।