दाङ । लमही नगरपालिका-६, कुलमोहरमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सवारीसाधनको मेकानिकल अवस्था चेकजाँच तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
वडा प्रहरी कार्यालय लमही र अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीको संयुक्त आयोजनामा भएको कार्यक्रममा *८५ वटा सवारीसाधनको* ब्रेक, लाइट, टायर, इन्जिन लगायतको प्राविधिक अवस्था परीक्षण गरिएको थियो।
कार्यक्रममा सवारी चालक, मेकानिक र स्थानीय बासिन्दासहित *करिब १५० जनालाई* सुरक्षित यात्रा, तीव्र गति नियन्त्रण, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, हेलमेट र सिटबेल्टको अनिवार्य प्रयोग तथा ट्राफिक नियम पालनाबारे सचेतना प्रदान गरिएको थियो।
प्रहरीले यस्ता कार्यक्रमले सवारीसाधनको प्राविधिक कमजोरीका कारण हुने दुर्घटना घट्नुका साथै चालकहरूमा जिम्मेवार सवारी व्यवहार बढ्ने विश्वास लिएको छ।