१७ कार्तिक २०८३, मंगलबार
03-11-2026 , Tue
×

परेवाको उद्धारपछि सबिन प्रियासनको चौतर्फी प्रशंसा, सामाजिक सञ्जालमा सकारात्मक चर्चा

Logo
Abc Sanchar प्रकाशित मंगलबार, कार्तिक १७, २०८३

 

दाङ । *घोराही, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन चौधरीले एक परेवाको उद्धार गरेपछि उहाँको सामाजिक सञ्जालमा चौतर्फी प्रशंसा हुन थालेको छ। एउटा असहाय पक्षीको जीवन रक्षाका लागि देखाएको मानवीय संवेदनशीलतालाई धेरैले सकारात्मक रूपमा लिँदै प्रियासनको प्रशंसा गरेका छन्।

पत्रकार गोविन्द खड्काले परेवाको उद्धारसम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि उक्त भिडियोले चर्चा पाएको हो। भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा प्रियासनको मानवीय व्यवहारको प्रशंसा गर्दै विभिन्न सकारात्मक प्रतिक्रिया आउने क्रम बढेको छ।

सामान्यतया मानिसहरू आफ्नै व्यस्ततामा केन्द्रित भइरहेका बेला एउटा असहाय पक्षीको जीवन रक्षाका लागि देखाएको चासोलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रशंसनीय कार्यका रूपमा व्याख्या गरेका छन्। कतिपयले मानवता भनेको मानिसप्रतिको व्यवहारमा मात्र नभई पशुपक्षीप्रतिको माया, दया र संरक्षणमा पनि देखिनुपर्ने धारणा व्यक्त गरेका छन्।

पछिल्लो समय घोराही उपमहानगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवारी दिने तयारीसहित विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहनुभएका प्रियासनको यो कार्यलाई कतिपयले राजनीतिक र सामाजिक यात्रासँग जोडेर पनि टिप्पणी गरेका छन्। केही सामाजिक सञ्जाल प्रयोगकर्ताले परेवाको उद्धारलाई उहाँको आगामी यात्राका लागि शुभ संकेतका रूपमा समेत व्याख्या गरेका छन्।

घोराही बनाऔँ अभियानमार्फत नगरको समग्र विकास, समृद्धि र सुशासनका विषयमा सक्रिय रहँदै आउनुभएका प्रियासनको यस कार्यले सामाजिक उत्तरदायित्व र जीवजन्तुप्रतिको संवेदनशीलताको विषयलाई पनि चर्चामा ल्याएको छ।

एउटा परेवाको उद्धारले सामाजिक सञ्जालमा पाएको सकारात्मक प्रतिक्रियाले साना मानवीय कर्मले पनि समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सक्छन् भन्ने सन्देश दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । *घोराही, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन चौधरीले एक परेवाको उद्धार गरेपछि उहाँको सामाजिक सञ्जालमा चौतर्फी प्रशंसा हुन थालेको छ। एउटा असहाय पक्षीको जीवन रक्षाका लागि देखाएको मानवीय संवेदनशीलतालाई धेरैले सकारात्मक रूपमा लिँदै प्रियासनको प्रशंसा गरेका छन्। पत्रकार गोविन्द खड्काले परेवाको उद्धारसम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक […]

  दाङ । घोराही स्थानीयवासीबाट प्राप्त जनगुनासोका आधारमा जिल्लाका विभिन्न स्थानहरूमा विशेष चेकजाँच गरिएको छ। चेकजाँचका क्रममा सवारीको स्वरूप परिवर्तन गरी अनावश्यक तथा अत्यधिक चर्को आवाज निकाल्दै सञ्चालन गरिएका मोटरसाइकलहरू नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम आवश्यक कारबाही गरी छाडिएको छ। सवारी साधनको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण फैलाउने तथा सार्वजनिक शान्ति भंग गर्ने कार्य कानुन […]

एउटी आमाको आँसु–भिजेको अन्तिम पुकार प्रधानमन्त्री गृहमन्त्री प्रहरी महानिरीक्षक बिन्तिपत्र प्युठान । आज सिंगो देश पीडामा छ। चारैतिर दुःख र शोकका खबर छन्। हरेक नेपालीको मन छियाछिया भएको यो घडीमा म पनि आफ्ना दुई नानीहरूको भविष्य काखमा च्यापेर तपाईंहरूसमक्ष उभिएकी छु। म देवा जि.सी.—राष्ट्रसेवामा आफ्नो जीवन समर्पण गर्नुभएका स्वर्गीय श्री विष्णुबहादुर जि.सी.की श्रीमती हुँ। मेरो […]