काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएपछि दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध कानुनी लडाइँमा उत्रिने भएका छन्। उनी सरकारको निर्णयलाई चुनौती दिँदै आज बुधबार दिउँसो ४ बजे सर्वोच्च अदालत पुग्ने तयारीमा रहेको स्रोतले जनाएको छ।
सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकबाट अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ।
सरकारको उक्त निर्णयसँगै प्रहरी संगठनको नेतृत्व परिवर्तन भएको छ। तर, पदबाट हटाइएका कार्कीले भने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारी गरेका छन्।
अब प्रहरी नेतृत्व परिवर्तनसम्बन्धी सरकारी निर्णयको कानुनी वैधतामाथि सर्वोच्च अदालतमा प्रश्न उठ्ने सम्भावना देखिएको छ।