काठमाडौं । मानव र कुकुरबीचको आत्मीय सम्बन्ध, निष्ठा, इमानदारी तथा सुरक्षामा कुकुरले पुर्याउँदै आएको अतुलनीय योगदानको सम्मान र कृतज्ञता प्रकट गर्ने उद्देश्यले कार्तिक कृष्ण चतुर्दशीका दिन मनाइने कुकुर तिहार विशेष सांस्कृतिक पर्व हो।
यसै अवसरमा सशस्त्र प्रहरी बल नेपालले आफ्ना राष्ट्रसेवक कुकुरहरूको निष्ठा, साहस, अनुशासन र वफादारीको सम्मान गर्दै कुकुर तिहार मनाएको छ।
बलम्बुस्थित पशु स्वास्थ्य तथा डग ह्यान्डलर उपशाखा (K9) मा आयोजित कार्यक्रममा राष्ट्रसेवक कुकुरहरूको विधिपूर्वक पूजा-अर्चना गरिएको थियो।
राष्ट्रको सुरक्षा, अपराध नियन्त्रण तथा जनधनको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका यी कुकुरहरूको योगदानको कदर गर्दै उनीहरूप्रति सम्मान र कृतज्ञता व्यक्त गरिएको हो।