०६ मंसिर २०८३, आइतबार
22-11-2026 , Sun
×

तिहारमा दिदीबहिनीहरूलाई उपन्यास उपहार दिँदै उपन्यासकार सबिन प्रियासन

Logo
ABC-Sanchar प्रकाशित बुधबार, कार्तिक २५, २०८३

 

दाङ । तिहार अर्थात् दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता, प्रेम र सद्भाव साटासाट गर्ने पर्व। यही पर्वको अवसर पारेर नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गर्नुभएका उपन्यासकार सबिन प्रियासनले आफ्ना दिदीबहिनीहरूलाई उपन्यास उपहार प्रदान गर्नुभएको छ।

तिहारको अवसरमा दिदीबहिनीहरूसँगको भेटघाट, टीका तथा पारिवारिक जमघटका क्रममा उहाँले आफ्ना साहित्यिक कृतिहरू उपहारस्वरूप प्रदान गर्नुभएको हो। उहाँले उपहारका रूपमा पुस्तक रोज्दै साहित्य र पठन संस्कृतिको प्रवर्द्धन गर्ने सन्देशसमेत दिनुभएको छ।

तिहारमा दाजुभाइले दिदीबहिनीलाई विभिन्न सामग्री उपहार दिने परम्परा रहँदै आएको छ। तर प्रियासनले पुस्तकलाई उपहारका रूपमा प्राथमिकता दिएर ज्ञान, चेतना र सिर्जनशीलताको महत्त्व उजागर गर्नुभएको छ। उहाँका अनुसार पुस्तक यस्तो उपहार हो, जसले मानिसलाई मनोरञ्जन मात्र होइन, जीवन बुझ्ने दृष्टिकोण र सकारात्मक सोचसमेत प्रदान गर्छ।

पछिल्लो समय मोबाइल तथा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै पुस्तक पढ्ने बानी कमजोर हुँदै गएको चर्चा भइरहेका बेला पर्वलाई पठन संस्कृतिसँग जोड्ने उहाँको प्रयासलाई साहित्यिक दृष्टिले पनि अर्थपूर्णज मान्न सकिन्छ।

प्रियासनले यसअघि पनि जन्मदिन, दशैँ, तिहार तथा विभिन्न पारिवारिक र सामाजिक अवसरमा पुस्तक उपहार दिने अभियानलाई निरन्तरता दिँदै आउनुभएको छ। उहाँको किताब उपहार अभियानले लेखकलाई प्रोत्साहन गर्ने, पाठक बढाउने र समाजमा अध्ययन संस्कृतिको विकास गर्ने उद्देश्य राखेको छ।

साहित्य सिर्जना र पत्रकारितालाई सँगसँगै अघि बढाउँदै आउनुभएका प्रियासनले विभिन्न विधाका पुस्तक प्रकाशन गर्नुभएको छ। उहाँका उपन्यासले सामाजिक यथार्थ, मानवीय संवेदना, पारिवारिक सम्बन्ध र जीवनका विविध पक्षलाई समेट्दै आएका छन्।

तिहारलाई केवल भौतिक उपहार आदानप्रदान गर्ने पर्वका रूपमा मात्र नभई ज्ञान, साहित्य, प्रेम र आत्मीयता बाँड्ने अवसरका रूपमा लिनुपर्ने सन्देश उहाँको यस पहलले दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ गढवा-१ चिसापानीका जनताले आधारभूत आवश्यकताका लागि आवाज उठाउनुपर्ने अवस्था आफैँमा दुःखद छ। पटक-पटक माग राख्दा पनि सम्बन्धित निकायको ध्यानाकर्षण नहुनु झनै विडम्बना हो। आज पनि चिसापानीवासीको एउटै प्रश्न छ  *आखिर कहिले बन्छ चिसापानीको बाटो ?* बाटो भनेको केवल माटो र ग्राभेल होइन, यो शिक्षा, स्वास्थ्य, रोजगारी र विकाससँग जोडिएको जीवनरेखा हो। बाटो नहुँदा बिरामीले […]

काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्था, परीक्षा नियन्त्रण महाशाखाको सरकारी गाडी लिएर शनिबार राति पोखरामा कर्मचारीहरू फोटो सेसन र मस्तीमा व्यस्त रहेको भन्दै तस्बिरहरू सार्वजनिक भएका छन्। परीक्षा जस्तो संवेदनशील जिम्मेवारी बोकेको शाखाको सरकारी गाडी बिदाको दिन राति पोखरा पुग्नुको कारण के हो भन्ने प्रश्न उठेको छ। यो सरकारी कामकाज थियो कि व्यक्तिगत घुमघाम […]

काठमाडौं । प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विराजभक्त, सुधन र जगदीश लगायतले विमानस्थल पुगेर प्रधानमन्त्री शाहलाई बिदाइ गरेका छन्। प्रधानमन्त्री नियुक्त भएपछि शाहको यो पहिलो विदेश भ्रमण हो। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने कार्यक्रम रहेको छ ।

error: Content is protected !!