०६ मंसिर २०८३, आइतबार
22-11-2026 , Sun
×

बाक्लो असिना पानीसहितको वर्षाले त्रिभुवन विमानस्थल बन्द,कम्तीमा ८ विमान आकाशमै होल्ड,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, कार्तिक २५, २०८३

 

काठमाडौं । बुधबार दिउँसो एक्कासी मौसम परिवर्तन भई बाक्लो असिनासहित वर्षा र हावाहुरी चलेपछि *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल* बन्द भएको छ।

कार्तिक २५ गते बुधबार दिउँसो करिब *२ बजेदेखि* विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको हो। बाक्लो असिना परेपछि विमानस्थलको *धावनमार्ग तथा ट्याक्सी वे क्षेत्रमा असिना जमेको* छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सञ्जय कुमारका अनुसार अचानक मौसम परिवर्तन भई ठूलो मात्रामा असिना परेपछि उडान सञ्चालन प्रभावित भएको हो। मौसमका कारण कम्तीमा *आठ वटा विमान आकाशमै होल्ड* भएका छन्।

मौसममा सुधार आएपछि मात्र उडान सुचारु हुने विमानस्थलले जनाएको छ। यात्रुहरूलाई सम्बन्धित एयरलाइन्ससँग सम्पर्कमा रहन अनुरोध गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ गढवा-१ चिसापानीका जनताले आधारभूत आवश्यकताका लागि आवाज उठाउनुपर्ने अवस्था आफैँमा दुःखद छ। पटक-पटक माग राख्दा पनि सम्बन्धित निकायको ध्यानाकर्षण नहुनु झनै विडम्बना हो। आज पनि चिसापानीवासीको एउटै प्रश्न छ  *आखिर कहिले बन्छ चिसापानीको बाटो ?* बाटो भनेको केवल माटो र ग्राभेल होइन, यो शिक्षा, स्वास्थ्य, रोजगारी र विकाससँग जोडिएको जीवनरेखा हो। बाटो नहुँदा बिरामीले […]

काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्था, परीक्षा नियन्त्रण महाशाखाको सरकारी गाडी लिएर शनिबार राति पोखरामा कर्मचारीहरू फोटो सेसन र मस्तीमा व्यस्त रहेको भन्दै तस्बिरहरू सार्वजनिक भएका छन्। परीक्षा जस्तो संवेदनशील जिम्मेवारी बोकेको शाखाको सरकारी गाडी बिदाको दिन राति पोखरा पुग्नुको कारण के हो भन्ने प्रश्न उठेको छ। यो सरकारी कामकाज थियो कि व्यक्तिगत घुमघाम […]

काठमाडौं । प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विराजभक्त, सुधन र जगदीश लगायतले विमानस्थल पुगेर प्रधानमन्त्री शाहलाई बिदाइ गरेका छन्। प्रधानमन्त्री नियुक्त भएपछि शाहको यो पहिलो विदेश भ्रमण हो। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने कार्यक्रम रहेको छ ।

error: Content is protected !!