०६ मंसिर २०८३, आइतबार
22-11-2026 , Sun
×

भाइटीकाका दिन सशस्त्र प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवाबाट २ हजार ४८६ यात्रु लाभान्वित,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, कार्तिक २५, २०८३

 

काठमाडौं । भाइटीकाका दिन सार्वजनिक यातायातका साधन न्यून रूपमा सञ्चालन हुने भएकाले सर्वसाधारणको सहज आवतजावतका लागि सशस्त्र प्रहरीले काठमाडौं उपत्यका र भक्तपुरमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बुधबार बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गरिएको सेवाबाट काठमाडौं रिङरोड क्षेत्रमा १ हजार ७६६ र भक्तपुर रुटमा ७२० यात्रुले निःशुल्क यात्रा गरेका छन् ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट सञ्चालन गरिएका दुईवटा बसले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सेवा दिएका थिए ।

तीमध्ये एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै यात्रुलाई सेवा दिएको थियो । अर्को बसले सीतापाइला, कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै विभिन्न स्थानमा सेवा सञ्चालन गरेको थियो ।

त्यस्तै, प्रधान कार्यालय स्वयम्भूदेखि भक्तपुरसम्म सञ्चालन गरिएको अर्को बसले स्वयम्भू, कलंकी, बानेश्वर, कोटेश्वर, पेप्सीकोला, सानोठिमी, पुरानोठिमी, सल्लाघारी र लोकन्थली हुँदै पुनः बानेश्वर, कलंकी र स्वयम्भूसम्म सेवा दिएको थियो ।

चाडपर्वका बेला सार्वजनिक यातायातको अभावमा नागरिकले भोग्नुपर्ने समस्या न्यूनीकरण गर्दै सहज यात्राको सुविधा उपलब्ध गराउने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गरिएको सहप्रवक्ता थापाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ गढवा-१ चिसापानीका जनताले आधारभूत आवश्यकताका लागि आवाज उठाउनुपर्ने अवस्था आफैँमा दुःखद छ। पटक-पटक माग राख्दा पनि सम्बन्धित निकायको ध्यानाकर्षण नहुनु झनै विडम्बना हो। आज पनि चिसापानीवासीको एउटै प्रश्न छ  *आखिर कहिले बन्छ चिसापानीको बाटो ?* बाटो भनेको केवल माटो र ग्राभेल होइन, यो शिक्षा, स्वास्थ्य, रोजगारी र विकाससँग जोडिएको जीवनरेखा हो। बाटो नहुँदा बिरामीले […]

काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्था, परीक्षा नियन्त्रण महाशाखाको सरकारी गाडी लिएर शनिबार राति पोखरामा कर्मचारीहरू फोटो सेसन र मस्तीमा व्यस्त रहेको भन्दै तस्बिरहरू सार्वजनिक भएका छन्। परीक्षा जस्तो संवेदनशील जिम्मेवारी बोकेको शाखाको सरकारी गाडी बिदाको दिन राति पोखरा पुग्नुको कारण के हो भन्ने प्रश्न उठेको छ। यो सरकारी कामकाज थियो कि व्यक्तिगत घुमघाम […]

काठमाडौं । प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विराजभक्त, सुधन र जगदीश लगायतले विमानस्थल पुगेर प्रधानमन्त्री शाहलाई बिदाइ गरेका छन्। प्रधानमन्त्री नियुक्त भएपछि शाहको यो पहिलो विदेश भ्रमण हो। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने कार्यक्रम रहेको छ ।

error: Content is protected !!