बाँके । नेपालगञ्ज तिहारको अन्तिम दिन भाइटीकाको अवसरमा राष्ट्रिय जनमत पार्टी नेपालगञ्जका नेता इरफान अहमद शेषले भाइटीका मनाउनु भएको छ।
उहाँले टीका थाप्दै पर्वलाई खुशीका साथ बिदाई गर्नुभयो। यस अवसरमा उहाँले राष्ट्रिय जनमत पार्टीको तर्फबाट सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
साथै टीका लगाइदिनुहुने प्रिय दिदीलाई उहाँले हार्दिक धन्यवाद दिनुभयो ।