रुपन्देही । भैलो खेल्ने क्रममा सार्वजनिक स्थानमा अश्लील नृत्य गरेको आरोपमा रुपन्देहीमा २ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार, भैलोको नाममा सार्वजनिक ठाउँमा अश्लील गतिविधि भएको सूचना पाएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएकाहरूलाई आवश्यक सोधपुछ तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
भैलो तिहारको मौलिक संस्कृति भए पनि त्यसको नाममा अश्लीलता फैलाउन नहुने भन्दै स्थानीयले प्रहरीको कदमलाई सही भएको बताएका छन्।