बाँके । नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित हनुमानगढीमा १०८ फिट अग्लो भगवान् हनुमानको भव्य मूर्ति निर्माण सम्पन्न भएको छ।
१४ करोड ४ लाख ६३ हजार रुपैयाँ लागतमा निर्माण गरिएको यस धार्मिक संरचनाले नेपालगञ्जको धार्मिक पहिचान, पर्यटन प्रवर्द्धन तथा स्थानीय आर्थिक गतिविधिमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ।
हनुमानगढीमा भव्य मूर्ति निर्माण सम्पन्न भएपछि नेपालगञ्ज धार्मिक पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित हुने विश्वास स्थानीयले व्यक्त गरेका छन्।