१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
×

सर्बोच्च अदालतकाे अादेशमा ने.क.पा.का नेता सविन र प्रदिप रिहा

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०९, २०७६

नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरो कार्यालय सचिव सविन पाेख्रेल र राप्ती ब्युरो सदस्य तथा तत्कालीन दाङ जिल्ला सेक्रेटरी प्रदिप वली रिहाइ हुनु भएको छ ।
कपिलवस्तुकाे ताैलिहवा हिरासतमा रहनुभएका उहाँहरु दुवै जनालाई सर्वाेच्च अदालतले रिहाइ गर्न अादेश जारी गरेपछि बिहीबार साँझ रिहाइ हुनु भएको हो ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्र बहादुर चन्द ‘विरजंग’ सहित उहाँहरू लगायत २१ जनालाई पार्टीको राप्ती ब्युरो बैठक बसिरहेकाे ठाउँ राजपुरकाे मुङग्रेठाबाट असाेज ३० गते प्रहरीले गिरफ्तार गरि ७२ दिन दाङको हिरासतमा राखेको थियो । त्यसपछि दाङ जिल्ला अदालतले सबैलाई धराैटीमा रिहा गर्न अादेश जारी गरे पनि प्रहरीले रिहा गरेन ।
तुलसीपुर कारागारबाट जिल्ला अदालतमा धराैटी दाखिला गरि रिहाइ हुदा सविन र प्रदिपलाई पुन: गिरफ्तार गरेर नवलपरासी लग्याे त्यहाँबाट पनि अदालतले रिहाइ गर्याे तर प्रहरीले तेस्रोपटक गिरफ्तार गरेर बुटवल राख्यो, त्यहाँ पनि अदालतले रिहाइको अादेश जारी गर्याे तर प्रहरीले चाैथाे पटक गिरफ्तार गरि पाल्पा हिरासतमा पुर्यायाे त्यहाँ पनि अदालतले रिहाइ गर्याे तर प्रहरीले पाचौं पटक गिरफ्तार गरेर कपिलवस्तुकाे ताैलिहवा हिरासतमा राखेको थियो । अन्ततः सर्वाेच्च अदालतको रिहाइ गर्न अादेश जारी गरेपछि उहाँहरु दुवै जना रिहाइ हुनु भएको हो ।
२१ जना गिरफ्तारमध्ये अहिले विरजंगलाई तुलसीपुर कारागार राखिरहेकाे छ । सुवास, प्रयास पाेष्टमानलाई राेल्पा कारागार लगिएको छ ।
सुन्दर, विक्रम र विजयलाई दाङबाट बाँके, बाँकेबाट पनि परासी हिरासत पुर्याएकाे छ । विश्वलाई दाङ तुलसीपुर कारागारबाट सल्यान कारागार राखिरहेकाे छ । त्यस्तै दल बहादुुुर खत्री, चन्द्र बुढा, अमित घर्ती र हित बहादुर राेकालाई दाङबाट बर्दिया हिरासतमा राखिरहेकाे छ । सुरज र संकलनलाई राेल्पा हिरासत राखिएको छ भने बाकी रिहाइ भइसक्नु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । कृष्णानगर-१, शिवानगरमा *श्री देवी विद्या पीठ मा.वि.का विद्यार्थीहरूले आज राजमार्ग बन्द गरेका छन्। स्कूलका विद्यार्थीहरु सडकमा ओर्लिने पछाडि सामान्यतया ३-४ वटा कारण हुन्छन्: शैक्षिक माग शिक्षक अभाव, पुराना भवन, प्रयोगशाला/कम्प्युटर ल्याब नहुनु, छात्रवृत्तिको समस्या राजमार्ग नजिकै स्कूल हुँदा जेब्रा क्रसिङ, स्पिड ब्रेकर, ट्राफिक प्रहरीको माग। बागबजारमा हामीले ट्राफिक सचेतनाको कुरा गर्यौं नि, विद्यार्थीको […]

काठमाडौं । जब कुनै व्यक्ति आफ्नै अस्तित्वलाई विस्मृत गर्दै संस्था वा विचारलाई जीवन समर्पित गर्छ, तब उसको जीवन व्यक्तिगत होइन, ऐतिहासिक हुन्छ। तर यदि त्यस्तो समर्पणको अन्त्यमा संगठन कमजोर, दिशाहीन र निष्क्रिय रहन्छ भने, त्यो केवल असफलता होइन एक दार्शनिक शून्यता हो। नेतृत्वको सार केवल पदमा होइन, परिणाममा निहित हुन्छ। यदि कुनै पार्टी वा संस्था, […]

दाङ । मानव समाजको विकाससँगै सामाजिक सेवाको अवधारणा पनि विकसित हुँदै आएको छ। मानिस केवल आफ्ना लागि मात्र होइन, समाजका अन्य सदस्यहरूको हितका लागि पनि जिम्मेवार हुन्छ भन्ने भावना नै सामाजिक सेवाको आधार हो। समाजमा रहेका असहाय, विपन्न, अशक्त, ज्येष्ठ नागरिक, बालबालिका तथा विभिन्न कारणले पछाडि परेका समुदायको जीवनस्तर सुधार गर्न गरिने निःस्वार्थ कार्यलाई सामाजिक […]

error: Content is protected !!