०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

सर्बोच्च अदालतकाे अादेशमा ने.क.पा.का नेता सविन र प्रदिप रिहा

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०९, २०७६

नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरो कार्यालय सचिव सविन पाेख्रेल र राप्ती ब्युरो सदस्य तथा तत्कालीन दाङ जिल्ला सेक्रेटरी प्रदिप वली रिहाइ हुनु भएको छ ।
कपिलवस्तुकाे ताैलिहवा हिरासतमा रहनुभएका उहाँहरु दुवै जनालाई सर्वाेच्च अदालतले रिहाइ गर्न अादेश जारी गरेपछि बिहीबार साँझ रिहाइ हुनु भएको हो ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्र बहादुर चन्द ‘विरजंग’ सहित उहाँहरू लगायत २१ जनालाई पार्टीको राप्ती ब्युरो बैठक बसिरहेकाे ठाउँ राजपुरकाे मुङग्रेठाबाट असाेज ३० गते प्रहरीले गिरफ्तार गरि ७२ दिन दाङको हिरासतमा राखेको थियो । त्यसपछि दाङ जिल्ला अदालतले सबैलाई धराैटीमा रिहा गर्न अादेश जारी गरे पनि प्रहरीले रिहा गरेन ।
तुलसीपुर कारागारबाट जिल्ला अदालतमा धराैटी दाखिला गरि रिहाइ हुदा सविन र प्रदिपलाई पुन: गिरफ्तार गरेर नवलपरासी लग्याे त्यहाँबाट पनि अदालतले रिहाइ गर्याे तर प्रहरीले तेस्रोपटक गिरफ्तार गरेर बुटवल राख्यो, त्यहाँ पनि अदालतले रिहाइको अादेश जारी गर्याे तर प्रहरीले चाैथाे पटक गिरफ्तार गरि पाल्पा हिरासतमा पुर्यायाे त्यहाँ पनि अदालतले रिहाइ गर्याे तर प्रहरीले पाचौं पटक गिरफ्तार गरेर कपिलवस्तुकाे ताैलिहवा हिरासतमा राखेको थियो । अन्ततः सर्वाेच्च अदालतको रिहाइ गर्न अादेश जारी गरेपछि उहाँहरु दुवै जना रिहाइ हुनु भएको हो ।
२१ जना गिरफ्तारमध्ये अहिले विरजंगलाई तुलसीपुर कारागार राखिरहेकाे छ । सुवास, प्रयास पाेष्टमानलाई राेल्पा कारागार लगिएको छ ।
सुन्दर, विक्रम र विजयलाई दाङबाट बाँके, बाँकेबाट पनि परासी हिरासत पुर्याएकाे छ । विश्वलाई दाङ तुलसीपुर कारागारबाट सल्यान कारागार राखिरहेकाे छ । त्यस्तै दल बहादुुुर खत्री, चन्द्र बुढा, अमित घर्ती र हित बहादुर राेकालाई दाङबाट बर्दिया हिरासतमा राखिरहेकाे छ । सुरज र संकलनलाई राेल्पा हिरासत राखिएको छ भने बाकी रिहाइ भइसक्नु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भारतबाट अवैध रूपमा ल्याइएको २ लाख १० हजार १ सय ३६ रुपैयाँ बराबरको पटाकासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुरका २५ वर्षीय अनुभव अग्रवाल रहेका छन्। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं-भरतपुरमा चहलपहल बढ्यो* विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं र भरतपुरमा चहलपहल बाक्लिएको छ। मान्यजनको हातबाट टीका, जमरा ग्रहण गरी आफन्तकहाँ पुग्ने सर्वसाधारणको लर्को लागेको छ।

  बाँके – बाँकेको बैजनाथमा एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैजनाथ क्षेत्रमा एक व्यक्तिलाई एयर पेस्तोल देखाएर धम्की दिएको आरोपमा ती युवकलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका युवकबाट एयर पेस्तोल बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।