बाँके।भारतीय नम्बर प्लेटका सवारीसाधनलाई दिइने अस्थायी पैठारी अनुमति (छुटपुर्जी) दुरुपयोग गरी नेपाली भूमिमै राख्ने र कारोबार गर्ने गरेको आशंका बढेको छ।
छुटपुर्जीको म्याद सकिएपछि पनि सवारीसाधन नेपालमै राख्ने, नम्बर प्लेट परिवर्तन गर्ने र खरिद-बिक्री गर्ने जस्ता गतिविधि हुनसक्ने आशंका गरिएको छ।
यसले राजस्व चुहावटसँगै सुरक्षा चुनौती पनि बढाउन सक्ने भएकाले नेपालगञ्ज-रुपैडिहा सीमा नाकामा कडा निगरानी र प्रभावकारी छानबिन गर्नुपर्ने स्थानीयको माग छ।
स्थानीयका अनुसार म्याद नाघेका सवारीको अभिलेख राख्ने, नियमित जाँच गर्ने र भन्सार, प्रहरी र यातायात कार्यालयबीच समन्वय बलियो बनाउने हो भने मात्र दुरुपयोग रोक्न सकिन्छ।