०४ मंसिर २०८३, शुक्रबार
20-11-2026 , Fri
×

नेपालगञ्जबाट काठमाडौं हिँड्ने रात्रिकालीन बसको अवस्था गल्लीमा बोराका बोरा सामान मान्छे हिँड्ने बाटो नै छैन ?

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, मंसिर ०४, २०८३

बाँके । नेपालगञ्जबाट काठमाडौं हिँड्ने रात्रिकालीन बसको अवस्था मान्छे हिँड्ने
सिटमा बसेको मान्छे खुट्टा राख्ने ठाउँ पाउँदैन। गल्लीमा बसेको मान्छे उठ्न पाउँदैन। शौचालय जान परे पनि उठ्न नसकिने अवस्था।

रातभरि १२-१४ घण्टा यस्तै कष्ट सहेर काठमाडौं पुग्नुपर्छ। पैसा तिरेको पूरा भाडा,
तर सुविधा शून्य।

यो यात्रा हो कि सजाय हो ? व्यवसायीले पैसाका लागि मान्छेलाई सामान जसरी कोचेका छन्। तर अनुगमन गर्ने निकाय कहाँ छ?

यस्तो बसमा महिला, बालबालिका, बिरामी र बुढापाका कसरी यात्रा गर्ने?
दुर्घटना भयो भने गल्लीमा बसेका मान्छे भाग्ने बाटो कहाँ छ? यात्रुलाई मान्छे सम्झेर यात्रा गराऔं, बोरा जसरी नकोचौं। ट्राफिक नियमको पालना गरौ दुर्घटनाबाट बचौ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.को प्रमुख आतिथ्यमा “आधारभूत तहका प्रहरी कर्मचारीका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क” को समुद्घाटन सम्पन्न भएको छ। उद्घाटनका अवसरमा प्रहरी महानिरीक्षकज्यूले नेपाल प्रहरीको CUG सेवामा आबद्ध कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका *५४ हजार १ सय २२ जना* प्रहरी कर्मचारीको मोबाइलमा एकैसाथ गुनासो दर्ताका लागि Google Form Link […]

  दाङ । घोराही नेपालको राजनीतिक स्थायित्व, लोकतान्त्रिक अभ्यास र आर्थिक समृद्धिका लागि निर्वाचन अपरिहार्य प्रक्रिया हो। निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष मात्र होइन, जनताको मतबाट जनप्रतिनिधि छनोट गर्ने र शासन व्यवस्थालाई जनउत्तरदायी बनाउने महत्वपूर्ण माध्यम पनि हो। तर निर्वाचन कहिले गर्ने भन्ने विषयले मुलुकको आर्थिक अवस्था, प्रशासनिक व्यवस्थापन र विकास निर्माणमा पार्ने प्रभावलाई पनि गम्भीरतापूर्वक […]

दाङ । लमही बसपार्क छेउका टहराहरू हटाइएको महिनौंपछि पुनर्निर्माणको काम सुरु हुन लागेको छ। बसपार्क क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्यले यसअघि टहराहरू हटाइएको थियो। लामो समयदेखि अलपत्र परेको उक्त क्षेत्रमा अब पुनर्निर्माणको काम सुरु हुने भएपछि स्थानीय व्यापारी तथा यात्रुहरूले खुशी व्यक्त गरेका छन्। पुनर्निर्माणपछि बसपार्क क्षेत्र अझ व्यवस्थित, सफा र यात्रुमैत्री हुने अपेक्षा गरिएको छ।

error: Content is protected !!