०६ मंसिर २०८३, आइतबार
22-11-2026 , Sun
×

जिल्ला प्रहरी कार्यालय दाङद्वारा पूर्व प्रहरी निरीक्षक अच्युत राज आचार्यको बिदाई,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित आइतबार, मंसिर ०६, २०८३

दाङ । नेपाल प्रहरीमा करिब २८ वर्ष अत्यन्तै निष्ठावान, व्यवसायिक र जवाफदेहीपूर्ण तरिकाले आफ्नो कार्यकाल विवादरहित रूपमा सफलता प्राप्त गर्नुहुने प्रहरी निरीक्षक अच्युत राज आचार्यलाई धेरै धेरै बधाई।

उहाँको व्यवसायिकतामा हरपल साथ सहयोग रहने उहाँको धर्मपत्नी सविता शर्मा आचार्य र जन्मदिने माता माधवी आचार्यलाई समेत मेरो व्यक्तिगत तथा जिल्ला प्रहरी कार्यालय र सिङ्गो संगठनको तर्फबाट हार्दिक बधाई तथा कृतज्ञता व्यक्त गर्न चाहन्छु।

नेपाल प्रहरी तपाईंहरूको योगदानप्रति सधैं आभारी र ऋणी हुनेछ। गौरवमय इतिहास बोकेको नेपाल प्रहरी संगठनलाई आगामी दिनमा पनि तपाईंको साथ, सपोर्ट र हौसला रहिरहनेछ भन्ने अपेक्षा गरेको छु।

सेवा निवृत्त पछिको पारिवारिक, व्यावसायिक र सामाजिक जीवनको समेत पूर्ण सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। अम्बकेश्वरी माता र पाण्डेश्वर महादेवको सधैं आशीर्वाद रहिरहोस्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ गढवा-१ चिसापानीका जनताले आधारभूत आवश्यकताका लागि आवाज उठाउनुपर्ने अवस्था आफैँमा दुःखद छ। पटक-पटक माग राख्दा पनि सम्बन्धित निकायको ध्यानाकर्षण नहुनु झनै विडम्बना हो। आज पनि चिसापानीवासीको एउटै प्रश्न छ  *आखिर कहिले बन्छ चिसापानीको बाटो ?* बाटो भनेको केवल माटो र ग्राभेल होइन, यो शिक्षा, स्वास्थ्य, रोजगारी र विकाससँग जोडिएको जीवनरेखा हो। बाटो नहुँदा बिरामीले […]

काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्था, परीक्षा नियन्त्रण महाशाखाको सरकारी गाडी लिएर शनिबार राति पोखरामा कर्मचारीहरू फोटो सेसन र मस्तीमा व्यस्त रहेको भन्दै तस्बिरहरू सार्वजनिक भएका छन्। परीक्षा जस्तो संवेदनशील जिम्मेवारी बोकेको शाखाको सरकारी गाडी बिदाको दिन राति पोखरा पुग्नुको कारण के हो भन्ने प्रश्न उठेको छ। यो सरकारी कामकाज थियो कि व्यक्तिगत घुमघाम […]

काठमाडौं । प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विराजभक्त, सुधन र जगदीश लगायतले विमानस्थल पुगेर प्रधानमन्त्री शाहलाई बिदाइ गरेका छन्। प्रधानमन्त्री नियुक्त भएपछि शाहको यो पहिलो विदेश भ्रमण हो। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने कार्यक्रम रहेको छ ।

error: Content is protected !!