दाङ गढवा-१ चिसापानीका जनताले आधारभूत आवश्यकताका लागि आवाज उठाउनुपर्ने अवस्था आफैँमा दुःखद छ। पटक-पटक माग राख्दा पनि सम्बन्धित निकायको ध्यानाकर्षण नहुनु झनै विडम्बना हो।
आज पनि चिसापानीवासीको एउटै प्रश्न छ *आखिर कहिले बन्छ चिसापानीको बाटो ?*
बाटो भनेको केवल माटो र ग्राभेल होइन, यो शिक्षा, स्वास्थ्य, रोजगारी र विकाससँग जोडिएको जीवनरेखा हो। बाटो नहुँदा बिरामीले समयमा अस्पताल पुग्न पाउँदैनन्, विद्यार्थीले समयमा विद्यालय पुग्न सक्दैनन्, किसानले उत्पादन बजारसम्म पुर्याउन सक्दैनन्।
चिसापानीका जनताको यो आवाज अब सुन्नैपर्छ। सम्बन्धित निकायले तत्काल ध्यान देओस्।