रुकुम पश्चिम ।आठबिसकोट नगरपालिका स्थित चौतारामा आयोजना गरिएको मेलामा एक्कासी लफडा हुँदा भागाभाग भएको छ।
रमाइलो हेर्न गएका सर्वसाधारण रमाइलो छोडेर ज्यान जोगाउन भाग्नु परेको प्रत्यक्षदर्शीले बताएका छन्। मेला स्थलमा केही समय तनावग्रस्त बनेको थियो।
लफडा किन र कसरी सुरु भयो भन्ने अझै खुल्न सकेको छैन। घटनाबारे थप विवरण आउन बाँकी छ।