दाङ । तुल्सीपुरमा बिहानैदेखि किसानको ताजा तरकारीले भरिएको पातखोला तरकारी बजारमा यतिबेला निकै चहलपहल छ।
स्थानीय किसानले बारीबाट टिपेर ल्याएको ताजा साग, गोलभेडा, आलु, काउली, बन्दा, धनियाँले बजार भरिएको छ। सस्तो र ताजा तरकारी किन्न बिहानैदेखि उपभोक्ताको भीड लागेको छ।
किसानलाई सिधै बजार, उपभोक्तालाई ताजा तरकारी। यही नै पातखोला बजारको विशेषता हो।