सुर्खेत । ‘सुरक्षित कर्णाली अभियान’ अन्तर्गत सुर्खेतमा रात्रिकालीन पोखरा जाने बसमा क्षमताभन्दा बढी यात्रु बोकेको पाइएपछि सवारी सुरक्षामा कडाइ गरिएको छ।
कर्णाली प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी मुकुन्द प्रसाद रिजालको नेतृत्वमा गरिएको चेकजाँचमा ओभरलोड गरी यात्रु बोक्ने बसलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो।
यात्रुको ज्यान जोखिममा पारेर सवारी चलाउनेलाई कुनै छुट नदिइने र अभियान निरन्तर जारी रहने कर्णाली प्रदेश ट्राफिक प्रहरीले जनाएको छ।