०६ मंसिर २०८३, आइतबार
22-11-2026 , Sun
×

बुधबार र बिहीबार मेघ गर्जनसहित वर्षा हुने : मौसम महाशाखा

Logo
प्रकाशित बुधबार, फाल्गुण १४, २०७६

(महेन्द्र सिंह) काठमाडौँ आज देशका विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ। हाल देशम पुर्वी तथा मध्य भू–भाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेका कारण वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बुधबार दिउँसो देशको पूर्वी भू–भागमा सामान्य तथा मध्य र पश्चिमी भू–भागमा आंशिकबदली हुनुका साथै विभिन्न स्थानमा पानी पर्ने छ। देशका विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। आज र भोलि मौसम बदली तथा वर्षा हुने र पर्सीदेखि क्रमशः मौसममा सुधार आउने महाशाखाले जनाएको

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४ को कल्लुपर्वा टोलमा राष्ट्रिय जनमत पार्टी (बुलडोजर छाप) को ११ सदस्यीय टोल समिति गठन भएको छ। आज सम्पन्न कार्यक्रममा पार्टीका महासचिव राजा सिंह, जिल्ला नेता शैलेन्द्र सिजापति, वडा नं. १४ का वार्ड इन्चार्ज रमजान अलि राई, केन्द्रीय सदस्य माजिद हासमी, समाजसेवी इसाक हासमी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा […]

काठमाडौं । दोलखाको गैरीमुदीबाट काठमाडौंका लागि छुटेको बस चरंगे भन्ने स्थानमा दुर्घटनामा परेको छ। दुर्घटनामा बैत्यश्वर–२ की कुमारी तामाङ गम्भीर घाइते भएकी छन्। जिल्ला प्रहरी कार्यालय, दोलखाका अनुसार बा ३ ख २९९७ नम्बरको बस मंगलबार दिउँसो उकालोमा पछाडि सर्दा भित्तामा ठोक्किएको थियो। त्यसक्रममा तामाङ च्यापिएकी थिइन्। बसमा ६ जना सवार थिए। घाइते तामाङको उद्धार गर्ने […]

दाङ । तुल्सीपुरमा बिहानैदेखि किसानको ताजा तरकारीले भरिएको पातखोला तरकारी बजारमा यतिबेला निकै चहलपहल छ। स्थानीय किसानले बारीबाट टिपेर ल्याएको ताजा साग, गोलभेडा, आलु, काउली, बन्दा, धनियाँले बजार भरिएको छ। सस्तो र ताजा तरकारी किन्न बिहानैदेखि उपभोक्ताको भीड लागेको छ। किसानलाई सिधै बजार, उपभोक्तालाई ताजा तरकारी। यही नै पातखोला बजारको विशेषता हो।

error: Content is protected !!