१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

कोहलपुर प्रहरीको एक्सन सुरु बालिका बलात्कार गरेर फरार अपराधी ३ दिनमा पक्राउ

Logo
प्रकाशित बुधबार, फाल्गुण १४, २०७६

(सागर थापा/महेन्द्र सिंह)
बाँके फागुन १४ कोहलपुरमा केही दिन यता बालिकाको बलात्कार गरेको आरोपमा बाँके कोहलपुरका एक युवक पक्राउ परेका छन् । गत शनिबार साँझ कोहलपुर नगरपालिका १२ की एक बालिका साथीहरुसँग बयर खान जंगल गएको बेला बलात्कारमा परेकी थिइन् ।
बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका ३० वर्षिय भोज बहादुर थापा पक्राउ परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । बालिकाका परिवारले थापाले बलात्कार गरेको भन्दै कोहलपुरमा प्रहरीमा उजुरी दिएका थिए ।
घटना लगत्तै फरार रहेका आरोपित थापालाई इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार बर्दियाको बाँसगढीमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।उनीमाथि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी कुलदिप चन्दले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गौसलादेखि मित्रपार्क हुँदै चाबेलसम्मको अस्तव्यस्त व्यवस्थापन सवारी साधनलाई सम्हालेपछि उनले थुप्रै सुधारका कार्यहरू अगाडि बढाउँदै थिए । तर, त्यही बीचमा देशमा भएको जेनजी आन्दोलनको राप र तापले गौशाला वृत्तलाई पनि अछुतो राखेन। आन्दो’लनका क्रममा आफ्नै कार्यक्षेत्र र कार्यालय का तल्लो दर्जाका प्रहरीहरूको सवारी जलेर नष्ट भए जुन कुनै पनि कार्यालय प्रमुखका लागि एउटा […]

दाङ । भालुवाङ राप्ती गाउँपालिकाले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चलाएको कार्यक्रममा एउटा स्नेहपुर्ण दृश्यले सबैको मन छोएको छ। स्कुले बालिका र गाउँपालिका अध्यक्ष प्रकाश बिष्टबीचको आत्मीयता। औपचारिक भाषणभन्दा पनि त्यो स्नेहले देखाइदियो – बालबालिकाले खोजेको भनेको पाठ्यपुस्तक मात्र होइन, स्नेहपुर्ण अभिभावकत्व पनि हो। पढाइमा मात्र होइन, आत्मविश्वास, नेतृत्व र सीप बढाउने अभ्यास जनप्रतिनिधि भनेको […]

कैलाली । अत्तरियास्थित एक होटलमा प्रहरीले छापा मारेर *१९ जनालाई नियन्त्रणमा* लिएको खबर आएको छ। पक्राउ पर्नेमा यौन धन्दामा संलग्न जोडीहरू पनि रहेको प्रहरीको भनाइ छ। 1. *स्थान*: अत्तरिया क्षेत्रको होटल 2. *पक्राउ संख्या*: १९ जना 3. *आरोप*: यौन धन्दामा संलग्नता 4. *कारबाही*: प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । नेपालको मुलुकी अपराध संहिता २०७४ […]

error: Content is protected !!