१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

काठमाडौंमा गिजरबाट नुहाउने क्रममा एक विद्यार्थीको मृत्यु

Logo
प्रकाशित बिहिबार, फाल्गुण १५, २०७६

फागुन १५ काठमाडौं ग्याँस गिजरको प्रयोग गरि नुहाउने क्रममा निस्सासिएर काठमाडौंमा एक विद्यार्थीको ज्यान गएको छ। काठमाडौंको नक्साल स्थित वृहस्पति विद्या सदनमा कक्षा ८ मा अध्ययनरत छात्रा सुविधा पौडेलको मृत्यु भएको हो। बृहस्पति विद्या सदनले मृत आत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रती समवेदना प्रकट गरेको छ। गिजरको प्रयोगमा सावधानि नअपानाउँदा मानिसहरुको अकालमा ज्यान जाने गरेको छ । यस्तै किसिमको घटना गत पुसमा ललितपुरमा समेत घटेको थियो । सातदोबाटोस्थित सरिबा गर्ल्स होष्टेलमा बस्ने पर्सा बीरगंज घर भएकी १९ वर्षीया जोनित चौहानको होष्टेलको बाथरुममा गिजरबाट नुहाउने क्रममा बेहोश भएर ज्यान गएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  चितवन । इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरोबाट सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम थालिएको र यो कार्य कम्तीमा दुई घण्टा लाग्नेछ ।

बर्दिया । बढैयाताल २ फुटाहाबाट भन्सार छली गरी भारततर्फ लैजाँदै गरिएको तथा गोदाममा लुकाइराखिएको ३१ बोरा (९३० केजी) चाइनिज लसुन, तीन थान साइकल र पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गर्दै। बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा क्षेत्रमा भन्सार छली गरी नेपालबाट भारततर्फ लैजाँदै गरिएको रु. ७ लाख ३ हजार बराबरको चाइनिज लसुनसहित दुई जनालाई प्रहरीले पक्राउ […]

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोली*ले बर्दियाको बढैयाताल गा.पा.-२ फुटाहा क्षेत्रबाट भन्सार छली गरि भारत लैजादै गरेको तरबुजको बीउ नियन्त्रणमा लिएको छ।   बाटोमा फेला परेको ११ बोरा तरबुजको बीउ ४० के.जी मुल्य: रु. ४,४०,०/ सामान छाडेर मानिस फरार खाली गोठ गोदामबाट बरामद १७ बोरा तरबुजको बीउ ६८० के.जी मुल्य: रु. […]

error: Content is protected !!