१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

काठमाडौंमा गिजरबाट नुहाउने क्रममा एक विद्यार्थीको मृत्यु

Logo
प्रकाशित बिहिबार, फाल्गुण १५, २०७६

फागुन १५ काठमाडौं ग्याँस गिजरको प्रयोग गरि नुहाउने क्रममा निस्सासिएर काठमाडौंमा एक विद्यार्थीको ज्यान गएको छ। काठमाडौंको नक्साल स्थित वृहस्पति विद्या सदनमा कक्षा ८ मा अध्ययनरत छात्रा सुविधा पौडेलको मृत्यु भएको हो। बृहस्पति विद्या सदनले मृत आत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रती समवेदना प्रकट गरेको छ। गिजरको प्रयोगमा सावधानि नअपानाउँदा मानिसहरुको अकालमा ज्यान जाने गरेको छ । यस्तै किसिमको घटना गत पुसमा ललितपुरमा समेत घटेको थियो । सातदोबाटोस्थित सरिबा गर्ल्स होष्टेलमा बस्ने पर्सा बीरगंज घर भएकी १९ वर्षीया जोनित चौहानको होष्टेलको बाथरुममा गिजरबाट नुहाउने क्रममा बेहोश भएर ज्यान गएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]

  दाङ। नेपालीहरूको महान् पर्व बडादशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि नागरिकको शान्ति सुरक्षा कायम गर्न ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई साहित्यकार सविन प्रियासनले उपन्यास उपहार दिएर हौसला प्रदान गरेका छन्। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले दाङको प्रसिद्ध धार्मिकस्थल चौघेरा […]

  सुनसरी । इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा एक व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोराभन्दा बढी चिनी सिटी सफारीको डिकीमा लुकाएर लगिरहेको अवस्थामा फेला परेको थियो। शंकास्पद रूपमा […]