२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्रधानमन्त्री वली सोमबार अस्पताल भर्ना हुने आज मन्त्रिपरिषद्को आकस्मिक बैठक

Logo
प्रकाशित आइतबार, फाल्गुण १८, २०७६

काठमाडौं फागुन १८ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक डाक्नु भएको छ । स्रोतका अनुसार आइतबार साँझ पाँच बजेका लागि बालुवाटारमा बैठक डाकिएको छ।
मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्ने गर्छ। सोमबार प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुने भएकाले आजै बैठक डाकिएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
बैठकमा कोभिड–१९ भाइरसबाट जोगिन विभिन्न देशबाट आउने उडान बन्द गर्ने र नेपालमा अन्तर्राष्ट्रिय सभा सम्मेलन तत्काल स्थगित गर्नेबारे निर्णय गर्न सक्नेछ। यससम्बन्धमा अहिले मुख्यसचिव लोकदर्शन रेग्मीलगायत अधिकारीहरू सिंहदरबारमा छलफल गरिरहेका छन्। प्रधानमन्त्री केही दिन अस्पतालमै बस्ने भएकाले अरू दैनिक प्रशासनिक निर्णय पनि आजको मन्त्रिपरिषद्ले गर्न सक्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!