०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
×

चीनमा रहेको नेपाली राजदुतलाई फिर्ता बोलाउने सरकारको निर्णय

Logo
प्रकाशित आइतबार, फाल्गुण १८, २०७६

एबिसी संचार काठमाडौं फागुन १८ सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई फिर्ता बोलाएको निर्णय गरेको हो । यस्तै, सरकारले केही सचिवहरुको सरुवा गरेको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सचिवको सरुवा तथा पदस्थापना गरेको हो। मन्त्रिपरिषद स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयका सचिव खगराज बराललाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ भने स्वास्थ्यमा भूमिसुधार मन्त्रालयका सचिव यादव कोइरालालाई ल्याइएको छ । भूमिसुधारका सूर्य गौतमलाई संघीय मामिला मन्त्रालयमा लगिएको छ। एकनारायण अर्याललाई सचिवमा बढुवा गर्दै काठमाडौं महानगरपालिकामा पदस्थापन गरिएको छ। महानगरका कार्यकारी अधिकृत रहेका केदार न्यौपानेलाई भूमिसुधारमा सरुवा गरिएको छ। यस्तै, अर्थमन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई कामू दिएर राजश्वमा लगिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा मलाई अत्यधिक मतका साथ सदस्य पदमा विजयी गराउनुहुने सम्पूर्ण उद्योगी-व्यवसायी,पत्रकार मतदाता, सहयोगी, साथीभाइ तथा शुभचिन्तकहरूमा हृदयदेखि नै हार्दिक धन्यवाद ज्ञापन गर्दछु। तपाईंहरूले दिनुभएको अमूल्य समय, साथ र विश्वासले मेरो काँधमा अझ ठूलो जिम्मेवारी थपेको छ। यो विजय मेरो मात्र नभई नेपालगञ्जका सम्पूर्ण व्यवसायीको जित हो। […]

हेटौँडा । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्का बेला आदेशको प्रतीक्षा गरेर नबस्न र परिस्थितिको गाम्भीर्यता बुझेर तत्काल परिचालित हुन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको नवौँ वार्षिकोत्सव समारोहमा बाेल्दै महानिरीक्षक पौडेलले विपद् व्यवस्थापनमा सक्रिय र तत्काल परिचालन हुन निर्देशन दिएका हुन् । उनले […]

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूद्वारा भर्चुअल माध्यमबाट नेपाल प्रहरीका सबै ब्यूरोहरू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, का.उ.प्र.का. रानीपोखरी, सबै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, नेपाल प्रहरी शिक्षालय, भरतपुर, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाह, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ, […]