२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

थरुहटको २० र २१ गते नेपाल बन्दको घोषणा

Logo
प्रकाशित सोमबार, फाल्गुण १९, २०७६

बन्द उल्लंघन गरे कार्वाही हुने थारूहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रले फागुन २० र २१ गते दुई दिन आम हड्तालको घोषणा गरेको छ । थारुहटले बर्षौ देखिको शोषण, दमन, बिभेद, असमानताका र उत्पीडनको पिडा बाट मुक्ती खोज्दै अधिकारका लागि शान्तीपुर्ण आम हड्ताल गर्ने भएको छ ।
कैलालीका रेशमलाल चौधरी, बिरबहादुर चौधरी, हरिनारायण चौधरी लगायतका ब्यतिको मुद्दा फिर्ता, गरि बन्दीहरुलाई रिहाई गर्नु पर्ने, टिकापुर घटनाको सत्य तथ्य घटना बारे छानबिन गर्नुपर्ने, थारु भाषालाई सरकारी कामकाजको रुपमा मान्यता दिनुपर्ने, माघे सक्रान्तीमा सार्वजनिक बिदा दिनुपर्ने लगायतका थारुहटका १४ बुदे बिभिन्न माग सहित २० र २१ गते नेपाल बन्द हुने भएको हो ।
सरकार संग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिई आफ्ना माग मुद्धा पुरा गराउन दोस्रो चरणको कार्यक्रम अन्तर्गत यहि फागुन २० र २१ गते शान्तिपूर्ण सशक्त आम हड्तालको कार्यक्रम घोषणा गरेको छ ।
मोर्चाका केन्द्रिय संयोजन समितिका महासचिव तुलसी थारुद्वारा हस्ताक्षरित विज्ञप्तीमाा आमहड्तालको क्रममा कलकारखाना, उद्योगधन्दा, व्यापार व्यवसाय, शिक्षण संस्था लगायत यातायातका साधन पूर्ण रुपमा बन्द रहने जनाएको छ ।आमहड्ताल अवज्ञा गरी सवारी साधन चलाएमा उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र स्वयम् रहने पनि मोर्चाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]