१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

थरुहटको २० र २१ गते नेपाल बन्दको घोषणा

Logo
प्रकाशित सोमबार, फाल्गुण १९, २०७६

बन्द उल्लंघन गरे कार्वाही हुने थारूहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रले फागुन २० र २१ गते दुई दिन आम हड्तालको घोषणा गरेको छ । थारुहटले बर्षौ देखिको शोषण, दमन, बिभेद, असमानताका र उत्पीडनको पिडा बाट मुक्ती खोज्दै अधिकारका लागि शान्तीपुर्ण आम हड्ताल गर्ने भएको छ ।
कैलालीका रेशमलाल चौधरी, बिरबहादुर चौधरी, हरिनारायण चौधरी लगायतका ब्यतिको मुद्दा फिर्ता, गरि बन्दीहरुलाई रिहाई गर्नु पर्ने, टिकापुर घटनाको सत्य तथ्य घटना बारे छानबिन गर्नुपर्ने, थारु भाषालाई सरकारी कामकाजको रुपमा मान्यता दिनुपर्ने, माघे सक्रान्तीमा सार्वजनिक बिदा दिनुपर्ने लगायतका थारुहटका १४ बुदे बिभिन्न माग सहित २० र २१ गते नेपाल बन्द हुने भएको हो ।
सरकार संग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिई आफ्ना माग मुद्धा पुरा गराउन दोस्रो चरणको कार्यक्रम अन्तर्गत यहि फागुन २० र २१ गते शान्तिपूर्ण सशक्त आम हड्तालको कार्यक्रम घोषणा गरेको छ ।
मोर्चाका केन्द्रिय संयोजन समितिका महासचिव तुलसी थारुद्वारा हस्ताक्षरित विज्ञप्तीमाा आमहड्तालको क्रममा कलकारखाना, उद्योगधन्दा, व्यापार व्यवसाय, शिक्षण संस्था लगायत यातायातका साधन पूर्ण रुपमा बन्द रहने जनाएको छ ।आमहड्ताल अवज्ञा गरी सवारी साधन चलाएमा उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र स्वयम् रहने पनि मोर्चाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा एक युवतीको विभत्स हत्या भएको छ। दैलेखकी २२ वर्षीया निर्मला थापाको घाँटी सलले बेरेर हत्या गरिएको हो। निर्मला विगत दुई वर्षदेखि नेपालगन्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत थिइन्। घटना मंगलबार बिहान भएको बताइएको छ। बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले हत्या गरी निर्मलाकी बहिनीलाई फोनमार्फत ‘दिदीलाई […]

प्युठानको स्वर्गद्वारीबाट फर्कदै गरेको भारतीय स्कार्पियो बड्डाडा ओरालोमा दुर्घटना प्युठान। स्वर्गद्वारी मन्दिरबाट भारततर्फ जाँदै गरेको यूपी ५५ एए ७७२६ नम्बरको स्कार्पियो गाडी सरूमारानी गाउँपालिका–४ बड्डाडा नजिकैबाट अन्यन्त्रिएर तल खसेको छ। गाडीमा ७ जना सवार रहेको ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

error: Content is protected !!