०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

बलात्कारको आरोपमा पूर्वडिएसपी पक्राउ

Logo
प्रकाशित बुधबार, फाल्गुण २१, २०७६

यौनहिंसाको आरोप लागेका पूर्वडीएसपी राजकुमार खिउजूलाई महानगरिय प्रहरी परिसर ललितपुरले आज बेलुकी ५ बजे भक्तपुरबाट नियन्त्रणमा लिएको छ । ललितपुरको ठुलादुर्लङ घर भएकी २२ वर्षीया युवतीलाई पटकपटक करणी गरेको उजुरी परेपछि जिल्ला अदालत ललितपुरले खिउजूविरुद्ध २३ माघमा पक्राउ पुर्जी जारी गरेको थियो । महानगरीय प्रहरी वृत्त, चापागाउँमा प्रहरी प्रमुख रहेका बेला पूर्वडीएसपी खिउजूले आफूमाथि पटकपटक यौनहिंसा गरेको ती युवतीको आरोप छ। २०७६ साउनमा सरुवा भई मोरङ पुगेका खिउजूले चापागाउँ रहँदा पटकपटक यौनहिंसा गरेको आरोप लगाएर ती युवतीले उजुरी दिने थाहा पाएपछि गत पुसमै राजीनामा दिएका थिए। सुरक्षा गार्डको जागिर खान नजिकको प्रहरीबाट सिफारिस आवश्यक परेकाले ती युवती खिउजुको सम्पर्कमा पुगेकी थिइन् । चापागाउँमा डेरा गरी बस्ने ती युवतीले सोही समय खिउजुले आफ्नै कार्यकक्षमा जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख गरेकी छिन् । त्यसयता आफ्नो डेरामा पुगेर र आफ्नो नग्न तस्वीर र भिडियो खिची धम्क्याउँदै पटकपटक यौनशोषण गरेको ती युवतीको दाबी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भारतबाट अवैध रूपमा ल्याइएको २ लाख १० हजार १ सय ३६ रुपैयाँ बराबरको पटाकासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुरका २५ वर्षीय अनुभव अग्रवाल रहेका छन्। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं-भरतपुरमा चहलपहल बढ्यो* विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं र भरतपुरमा चहलपहल बाक्लिएको छ। मान्यजनको हातबाट टीका, जमरा ग्रहण गरी आफन्तकहाँ पुग्ने सर्वसाधारणको लर्को लागेको छ।

  बाँके – बाँकेको बैजनाथमा एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैजनाथ क्षेत्रमा एक व्यक्तिलाई एयर पेस्तोल देखाएर धम्की दिएको आरोपमा ती युवकलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका युवकबाट एयर पेस्तोल बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।