१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
×

देशका दलाल-भ्रष्टाचारीका बिरुद्द सुरेन्द्र गुरुङ(हाकिम)को गीत मार्फत तिखो प्रहार

Logo
प्रकाशित बुधबार, फाल्गुण २१, २०७६

काठमाडौँ नेपालका चर्चित तथा पुराना र्यापर्-गायक सुरेन्द्र गुरुङ(हाकिम)ले भर्खरै मात्र सार्वजनिक गरेको गीत युट्युवमा भाईरल भएको छ । भर्खरै केही दिन अघी गायक गुरुङले उक्त गीत युट्युवमार्फत सार्वजनीक गरेका थिए । गीत रिलिज भएको केही समयमानै दर्शक-स्रोताहरुले मन पराएका छन । सुरेन्द्र गुरुङ (हाकिम) को शब्द-रचना, दिप बिस्ट (लेजी ब्ययइ) को सङ्गीत र रवाज रेक्र्डमा रहेको गीतको भिडियोलाई एलिश बिक्रम शाहले निर्देशन गरेका छन् । गीतको भिडियोमा पुराना ख्यातीप्राप्त मोडल दिपक शाहीको अभिनय रहेको छ। छायाकंन र सम्पादन सुजन श्रेष्ठको southside production ले गरेको छ भने स्टाइलिस फेशन डिजाइनर शोन्या गुरूङ्कको रहेको छ। करिब पॉच दर्जन भन्दा बढी गीतमा स्वर दिइसकेका गायक सुरेन्द्र गुरुगं (हाकिम)को यस गीतमा फरक गायकीपन सुन्न सकिन्छ । सुरेन्द्र गुरूङ् (हाकिम) भन्छन- ‘यो गीत मैले अलिकति फरक शैली र तरिकामा आफ्नो देश नेपालको बारेमा गाएको छु आशा छ गीतले दर्शक श्रोताको मनमा वास पक्कै पनि पाउने छ । गुरुङले आफ्नो गीतको शब्द मार्फत देशका दलाल, भ्रष्टाचारी र कालोधनको खेती गर्नेहरुका बिरुद्द तिखो प्रहार गरेका छन । अहिलेको देशमा भएको गरेको र घटेको घटनाहरु प्रती लक्षित गरेर उनले आफ्नो शब्दको बाँण चलाएका छन । उनको यो श्रीजनामा अरु र्याप गीतमा जस्तो छाडा शब्दहरुको प्रयोग भएको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा सिदिकीले उठाएको मुद्दा एकदमै सान्दर्भिक छ। युट्युब, टिकटक, फेसबुक रिल्स बनाएर “भ्यूस” बटुली घर चलाउने हजारौं युवा/महिला छन् नेपालमा। उनीहरूलाई “भिखारी”,समाज बिगार्ने” भनेर गाली गर्ने, दुर्व्यवहार गर्ने सोच साँच्चै अपराधी सोच हो। डिजिटल दुर्व्यवहार बढ्दो छ कमेन्टमा गाली, थ्रेट, डक्सिङ, महिलालाई चरित्र हत्या गर्ने प्रवृत्ति धेरै छ। यो “अभिव्यक्ति” […]

  अर्घाखाँची । गाउँमै बसेर आफ्नो वडाको विकास योजना छान्ने यो अभ्यास एकदमै राम्रो हो। “जनताको सरकार,जनताको योजना भनेको यस्तै हो। तल्लो तहबाटै योजना टोल-टोलमा गएर किसान, आमा समूह, युवा, दलित सबैको राय लिन्छन्। सडक चाहिन्छ कि खानेपानी, कृषि मल डिपो चाहिन्छ कि स्वास्थ्यचौकी – जनता आफैले भन्छन्। पारदर्शिता वडामा कति बजेट आयो, त्यो कहाँ […]

कर्णाली प्रदेश । सुर्खेत हाम्रो समाज कता जाँदै छ त? ३ वटा संकेत देखिन्छन् दाइ/दिदी, माफी पाउँ” भनेर सकिने कुरा अहिले क्यामरा अगाडि, सामाजिक सञ्जालमा ल्याएर इगोको युद्ध हुन्छ। समन्वय र सद्भावको ठाउँमा “मैले जित्नुपर्छ” भन्ने भावना आयो। अहिले “जे पनि गरेर भाइरल हुनुपर्छ” भन्ने परिपाटी आयो। क्यामरामेन-महिला झगडा पनि भोलि रिल बन्छ। गम्भीर कुरा […]

error: Content is protected !!